२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बाँके प्रहरीले ब्राउन सुगरसहित १ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

ABC (क्राईमबिट)
बाँके । नेपालगञ्ज ७ गगनगन्जबाट बिहीवार लागुऔंषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । २५ वर्षीय शुभम मानन्धर ६ ग्राम ब्राउन सुगरसहित घरबाटै पक्राउ परेको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिए ।

विशेष सूचनाको आधारमा वडाको प्रहरी टोली र लागुऔषध ब्युरोको टोलीले मानन्धरको घरमा छापा मारेको थियो ।

प्रयोगकर्तासमेत रहेका मानन्धरले रुपइडिहाबाट लागुऔषध ल्याउने र यहाँ बेचबिखन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!