१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बाँके प्रहरीले ब्राउनसुगरसहित ३ जना नेपालगन्जबाट पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

ABC (क्राईमबिट)
बाँके । नेपालगञ्ज-७ गगनगञ्जका २८ बर्षीय आदित्य श्रेष्ठ, सोही ठाउँका २६ बर्षका अंकित श्रेष्ठ र सुर्खेत विरेन्द्रनगर नगरपालिका ६ का ३८ बर्षीय गणेश भण्डारी पक्राउ परेका हुन् । आदित्यको घरमा लागूऔषध ब्राउनसुगर ल्याई बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्ज र लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले घर कोठा खानतलासी गर्दा नगद १ लाख ४४ हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ३० ग्राम ब्राउन सुगर जस्तो पदार्थ, तौल गर्ने तराजु र नगद १ लाख ३४ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!