१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

काठमाडौं विमानस्थलबाट १ किलो सुन र आइफोनसहित ३ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले विशेष सूचनाको आधारमा एक किलो एक सय ५५ ग्रम सुन र चार वटा आइफोनसहित उनीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुबईबाट फर्किएका रौतहटको गौर नगरपालिकाका ३२ वर्षीय सुनिल कुमार साह, मकवानपुरका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन् । शेर्पाले सारजहाबाट फर्किदा मलद्वारमा लुकाएर १ किलो ५५ ग्राम सुन ल्याएका थिए ।

त्यस्तै, साहको साथबाट प्रहरीले सुनको औँठी र सिक्री गरेर ५० ग्राम सुन बरामद गरेको थियो । बरामद सुन र आइफोनको मूल्य करिब एक करोड रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार साह र परियार युएईबाट हिमालय एयरलाइन्स तथा शेर्पा सारजहाँबाट एयर अरेबियामार्फत बिहीबार त्रिभुवन विमानस्थल ओर्लिएका थिए । थप अनुसन्धानको लागि प्रहरीले बरामद सुन र मानिस भन्सार कार्यालयलाई बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]