०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

एयरपोर्टमा ड्रोन हमला २ जना भारतीय सहित ३ जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, माघ २२, २०७८


(ABCSanchar)
काठमाडौं । संयुक्त अरब इमिरेट्सको अबुधाबी एयरपोर्ट नजिकै सोमबार दिउँसो ड्रोन हमला भएको छ। समाचार अुनसार यस हमलामा तीनजनाले ज्यान गुमाएका छन्। जसमा दुईजना भारतीय नागरिक रहेका छन्।

यमनको हुती विद्रोहीले यस हमलाको जिम्मेवारी लिएका छन्। अबुधाबी पुलिसले एयरपोर्ट नजिकै मुसाफा औद्योगिक क्षेत्रमा ३ तेलका ट्याङ्करमा विस्फोट भएको जनाएको छ।

त्यसपछि अबुधाबी इन्टरनेशनल एयरपोर्टको निर्माण क्षेत्रमा पनि आगो लागेको छ। यसअघि यी स्थानमा पनि ड्रोन देखिएका थिए। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!