२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

क्यानडाको हिन्दु मन्दिरहरुमा तोडफोड

Logo
प्रकाशित मंगलबार, माघ २५, २०७८

(ABC-Sanchar)
काठमाडौं । हिन्दुस्तान टाइम्सका अनुसार पछिल्लो दश दिनको अवधिमा क्यानडामा दश वटा मन्दिरमा तोडफोड भएपछि त्यहाँका पुजारी र हिन्दु समुदाय त्रसित बनेका छन्।

आक्रमणकारीहरुले मन्दिरको दान पेटीबाट पैसा चोरेको र मूर्तिमा लगाइएको आभूषणहरु पनि चोरेको जनाइएको छ।

क्यानडाका हिन्दु मन्दिरहरुमा गत जनवरी १५ बाट आक्रमण सुरुवात भएको हो।

प्रहरीका अनुसार २५ जनवरीमा ब्रैम्पटनमा रहेको मन्दिरमा पनि आक्रमण भएको थियो। लगत्तै ब्रैम्टनमै रहेको जगन्नाथ मन्दिरमा पनि आक्रमण गरेको जनाइएको छ।

बदमाशहरुले यतिबेला हिन्दु समुदायमा त्रास उत्पन्न गरेका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार यो आक्रमणमा दुईदेखि तीन व्यक्तिहरु सामिल भएको भिडिओ फुटेज सार्वजनिक भएको छ। बिहान २ देखि ३ बजेको समयमा यस्तो आक्रमण हुने गरेको पाइएको छ। हालसम्म यस घटनामा संलग्न भएका कोही गिरफ्तार भएका छैनन्। मन्दिरहरुमा यतिबेला सुरक्षा व्यवस्था कडा पारिएको छ भने आक्रमणकारीको खोजी भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!