१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

क्यानडाको हिन्दु मन्दिरहरुमा तोडफोड

Logo
प्रकाशित मंगलबार, माघ २५, २०७८

(ABC-Sanchar)
काठमाडौं । हिन्दुस्तान टाइम्सका अनुसार पछिल्लो दश दिनको अवधिमा क्यानडामा दश वटा मन्दिरमा तोडफोड भएपछि त्यहाँका पुजारी र हिन्दु समुदाय त्रसित बनेका छन्।

आक्रमणकारीहरुले मन्दिरको दान पेटीबाट पैसा चोरेको र मूर्तिमा लगाइएको आभूषणहरु पनि चोरेको जनाइएको छ।

क्यानडाका हिन्दु मन्दिरहरुमा गत जनवरी १५ बाट आक्रमण सुरुवात भएको हो।

प्रहरीका अनुसार २५ जनवरीमा ब्रैम्पटनमा रहेको मन्दिरमा पनि आक्रमण भएको थियो। लगत्तै ब्रैम्टनमै रहेको जगन्नाथ मन्दिरमा पनि आक्रमण गरेको जनाइएको छ।

बदमाशहरुले यतिबेला हिन्दु समुदायमा त्रास उत्पन्न गरेका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार यो आक्रमणमा दुईदेखि तीन व्यक्तिहरु सामिल भएको भिडिओ फुटेज सार्वजनिक भएको छ। बिहान २ देखि ३ बजेको समयमा यस्तो आक्रमण हुने गरेको पाइएको छ। हालसम्म यस घटनामा संलग्न भएका कोही गिरफ्तार भएका छैनन्। मन्दिरहरुमा यतिबेला सुरक्षा व्यवस्था कडा पारिएको छ भने आक्रमणकारीको खोजी भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!