१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

अरुण नदिको बेलिब्रिज भाँचियो

Logo
प्रकाशित आइतबार, फाल्गुण ०१, २०७८

(ABC-Sanchar)
संखुवासभा । मकालु गाउँपालिका(५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु-५ को नुम र वडा नम्बर(१ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री बोकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका-५ का कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिए ।

 

निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएको तीन वटा लोवेट ट्रक पुल भाँची पछि अरुण नदीमा खसेको कार्यपालिका सदस्य याम्फुले बताए । ट्रकमा सवार चालक र सहचालक भने सकुलनै रहेको छन् ।
अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ । पुलको भन्दा बढी क्षमताभन्दा सामाग्री बोकेर एकै पटक तीनवटा ट्रक तर्ने क्रममा पुल भाँचिएको कार्यपालिका सदस्य याम्फुले बताए । तीनवटै लोवेट ट्रक हाइड्रो पावरको निर्माण सामाग्री लिएर वालुङतर्फ गएका थिए । दुईवटा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप लिएर ट्रकहरू आयोजनास्थल गएका थिए ।

पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा रहेको उनको भनाइ छ । चालक र सहचालकलाई भने स्थानीय उद्धार गरेका छन् । २०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामाग्री लैजान बेलिब्रिज निर्माण गरेको हो । –न्युज कारखाना

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]