२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

टिप्परको ठक्करबाट महिलाको मृत्यु पछि अवरुद्ध पुर्व-पश्चिम राजमार्ग खुल्यो

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०३, २०७८


(ABC-Sanchar)
दाङ । मंगलबार बिहानै ६ बजेदेखि अवरुद्ध रहेको पुर्व पश्चिम राजमार्ग खुलेको छ । टिप्परको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयहरुले पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।पीडित पक्ष र सरोकारवाला बीच लामो छलफल पछि बाटो खोल्ने सहमति भएको हो । पीडित पक्षलाई नियमानुसार पाउने क्षतिपूर्ति बाहेक थप ५ लाख दिने, छोराछोरीलाई पढाई दिने र श्रीमानलाई रोजगार दिने सहमति भएको छ ।

मंगलबार विहान सवा ६ बजे पुर्वबाट पश्चिम आउँदै गरेको रा १ क १२८६ नम्बरको टिप्परले ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला निवासी ३५ वर्षीया डिला पौडेलको मृत्यु भएको थियो । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा टिप्परको ठक्करबाट दूध बेच्न हिडेकी पौडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!