२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

टिप्परको ठक्करबाट महिलाको मृत्यु पछि अवरुद्ध पुर्व-पश्चिम राजमार्ग खुल्यो

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०३, २०७८



(ABC-Sanchar)
दाङ । मंगलबार बिहानै ६ बजेदेखि अवरुद्ध रहेको पुर्व पश्चिम राजमार्ग खुलेको छ । टिप्परको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयहरुले पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।पीडित पक्ष र सरोकारवाला बीच लामो छलफल पछि बाटो खोल्ने सहमति भएको हो । पीडित पक्षलाई नियमानुसार पाउने क्षतिपूर्ति बाहेक थप ५ लाख दिने, छोराछोरीलाई पढाई दिने र श्रीमानलाई रोजगार दिने सहमति भएको छ ।

मंगलबार विहान सवा ६ बजे पुर्वबाट पश्चिम आउँदै गरेको रा १ क १२८६ नम्बरको टिप्परले ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला निवासी ३५ वर्षीया डिला पौडेलको मृत्यु भएको थियो । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा टिप्परको ठक्करबाट दूध बेच्न हिडेकी पौडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

error: Content is protected !!