१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

दाङ प्रहरीले चितुवाको छालासहित २ जना लमहीबाट पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०३, २०७८

ABC (क्राईमबिट)
दाङ । लमही नगरपालिका ५ रातोडाँडाबाट १ थान चितुवाको छाला सहित २ जना सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका-५ महसेनीखोला बस्ने ४३ वर्षीय राज कुमार पुन र तुलसीपुर उपमहानगरपालिका-११ बेलगडारी बस्ने २६ वर्षीय कृण्ण चौधरी रहेका छन् । दाङ जिल्ला प्रहरी र लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । दुवै जनालाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]