२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

कलंकीमा बसले ठक्कर दिँदा ट्राफिक प्रहरी घाइते

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०३, २०७८

ABC (क्राईमबिट) काठमाडौं । आरएनएसीबाट मच्छेगाउँ जाँदै गरेको बा ४ ख १२३३ नम्बरको बसले डिउटीमै रहेका ट्राफिक राजेन्द्र कुवरलाई ठक्कर दिएको हो। ठक्करबाट घाइते ट्राफिकको ठाउकोमा चोट लागेको बताइएको छ। बसले ओरभट्याक गर्ने क्रममा ट्राफिकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते ट्राफिक प्रहरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। ठक्कर दिन बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपाली सेनाको चिसापानी चेकपोस्ट नजिकै सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको EV गाडी बाँदरलाई जोगाउन खोज्दा अनियन्त्रित भएर दुर्घटनामा परेको हो। गाडीमा सामान्य क्षति पुगेको र यात्रुहरू सामान्य घाइते मात्र भएको भन्ने बुझिएको छ, जुन ठूलो राहतको कुरा हो। त्यो रुटमा जंगली जनावर बाटोमा अचानक आउने धेरै हुन्छ, त्यसैले: स्पिड ४०-५० मा राख्ने चिसापानी […]

काठमाडौं । धादिङको धुनीबेंशी नगरपालिका-६ स्थित मितेरी टोलमा पृथ्वी राजमार्गमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। अगाडिको गाडीले अचानक ब्रेक लगाएपछि पछाडि रहेका सवारीसाधनको ब्रेक नलाग्दा एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]