१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

ब्राजिलमा विनाशकारी बाढीका कारण ३८ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०५, २०७८

(ABC-Sanchar)
ब्राजिल । रमणीय सहर पेट्रोपोलिसमा आएको विनाशकारी बाढीमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।
व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका अधिकारीहरूले बुधबार बताएका छन् ।

रियो दे जेनेरियोको उत्तरमा रहेको डाँडामा पर्ने मनोरम सहरका लागि नगरप्रमुखको कार्यालयले दिएको जानकारीअनुसार मङ्गलबार आएको भीषण आँधीले सहरमा तीन घण्टामा २५८ मिलिमिटर (१० इन्च) पानी परेको थियो । यो अघिल्लो महिनाको सबै वर्षा बराबर हो ।

बाढी तथा डुबानका कारण करिब ८० घर क्षतिग्रस्त भएका र लगभग ३०० जनालाई प्रायजसो विद्यालयहरूमा आश्रय दिइएको थियो ।

विशेषज्ञहरूको भनाइअनुसार प्रशान्त महासागरको चक्रीय शीतलन ‘ला नीना’ र जलवायु परिवर्तनको प्रभावले वर्षा ऋतुमा पानीको वर्षा बढाइरहेको छ ।

तातो वायुमण्डलमा बढी पानी हुने भएकोले विश्वव्यापी उष्णताले अत्यधिक वर्षाबाट आउने बाढीको जोखिम र तीव्रता बढाउँछ ।

यस महिनाको सुरुतिर पनि मुसलधारे वर्षाका कारण बाढी र पहिरो जाँदा दक्षिणपूर्वी ब्राजिलमा कम्तीमा २८ जनाको मृत्यु भएको थियो ।

सन् २०११ को जनवरीमा भारी वर्षाका कारण यस क्षेत्रमा ९०० भन्दा बढी मानिसहरूको मृत्यु भयो जसले गर्दा पेट्रोपोलिस र छिमेकी सहरहरू नोभा फ्रिबर्गो र टेरेसोपोलिसलगायतका ठूलो क्षेत्रमा बाढी र पहिरो गएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!