२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

रुसी सेनाद्वारा युक्रेनको दक्षिणी शहरमाथि कब्जा

Logo
प्रकाशित बुधबार, फाल्गुण १८, २०७८


(ABC-Sanchar)
काठमाडौं । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण कायम गरेका विवरणहरू आएका छन् ।

साढे दुई लाख जनसङ्ख्या रहेको सो शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारलाई गुहारेका छन् ।

त्यसैगरी घाइतेहरूको उद्धारमा सघाउन पनि उनले अपिल गरेका छन् ।

बेलारुसले सैन्य उपस्थिति दोबर पार्ने

बेलारुसका राष्ट्रपतिले युक्रेनसँग जोडिएको आफ्नो दक्षिणी सीमामा सैन्य उपस्थिति दोबर पार्ने बताएका छन् ।

सीमामा रहेका पाँचवटा रणनीतिक बटालियन आगामी दुई दिनमा दशसम्म पुग्ने राष्ट्रपति एलेक्सेन्डर लुकासेन्कोले घोषणा गरे ।

“यी उच्च प्रशिक्षित जुनसुकै स्थानमा सहजै परिचालित हुनसक्ने समूह हुन् जो बेलारुसलाई उत्तेजित पार्ने र कुनै पनि किसिमको सैन्य कारबाही रोक्न तयार छन्,” उनले आफ्नो देशको सुरक्षा परिषद्लाई भने ।

स्थानीय परिषद्‌का एक सदस्यले आक्रमणमा परी दुई सयभन्दा बढी व्यक्ति मारिएको र तीमध्ये धेरै सर्वसाधारण रहेको बीबीसीलाई बताएका छन् ।

युक्रेन एक्लैले लडाइँ जित्न सक्दैन : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध जारी लडाइँ आफ्नो देश एक्लैले जित्न नसक्ने बताएका छन् ।

निकै कडा सुरक्षा व्यवस्था भएको एउटा भवनबाट पत्रकारहरूसँग कुरा गर्दै उनले उडान प्रतिबन्धित क्षेत्र घोषणा नगर्ने अडानबारे पुनर्विचार गर्न उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोलाई आग्रह समेत गरे ।

रुसमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले असर देखाउन थाले पनि त्यो पर्याप्त नभएको जेलेन्स्कीले जिकिर गरे ।

रुससँग थप वार्ताको सम्भावनाबारे चर्चा गर्दै उनले त्यसका लागि पहिला युक्रेनमाथि हमला रोकिनुपर्ने स्पष्ट पारे ।

उनले भनेः “तपाईँहरूलाई थाहा छ आकाशमा लडाकु विमानहरू उडिरहँदा र बमबारी भइरहँदा वार्तामा बस्न सकिँदैन। हो हामी वार्ताको पक्षमा छौँ, तर त्यसका लागि कम्तीमा मानिसहरूमाथि भइरहेका बमबारी रोकिनैपर्छ ।”

किएभमा ‘लक्षित आक्रमण’ गर्ने रुसको चेतावनी

रुसले युक्रेनमा आक्रमण गरेको छैटौँ दिन मङ्गलवार मस्कोले राजधानी किएभमा, उसकै शब्दमा,‘लक्षित हमला’ गर्ने चेतावनी दिएको छ ।

किएभतर्फ रुसी बख्तरबन्द गाडीको लामो लस्कर अघि बढिरहेको विवरण आएका छन् ।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मङ्गलवार भएका बमबारी र क्षेप्यास्त्र हमलालाई युक्रेनले युद्ध अपराधको संज्ञा दिएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!