०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

पुटिनलाई तत्काल आफ्ना फौज फिर्ता लैजान अमेरिकाको आह्वान

Logo
प्रकाशित बिहिबार, फाल्गुण १९, २०७८


(ABC-Sanchar)
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई तत्काल रक्तपात अन्त्य गर्न र युक्रेनी भूभागबाट आफ्ना फौज फिर्ता गर्न आह्वान गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुटिनलाई सो आह्वान गरेको हो।

विज्ञप्तिमा रसियाले स्वतन्त्र समाचार आउटलेटहरूमा पहुँच रोकेर ‘मिडिया स्वतन्त्रता र सत्यमा पूर्ण आक्रमण’ गरेको आरोप पनि लगाएको छ।

रुसको ट्विटर, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालका प्लेटफर्महरूमाथि छुरी धसेकोसमेत अमेरिकाले ‌आरोप लगाएको छ। रुसी सेनाले युक्रेनको एउटा सहरलाई कब्जा गरेको दर्जनौंको मृत्यु भएको विवरण सार्वजनिक भइरहेका बेला अमेरिकाले विज्ञप्ति जारी गरेको हो। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]