०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

युद्ध सुरु भएपछी आफ्ना नागरिकहरूलाई रसिया छोड्न फ्रान्सको आग्रह

Logo
प्रकाशित बिहिबार, फाल्गुण १९, २०७८


(ABC-Sanchar)
पेरिस । फ्रान्सले बिहीबार आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण र रुस र युरोपेली सङ्घबिचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रसिया छोड्न कडा आग्रह गरेको छ ।

‘रुसले युक्रेनमा गरेको आक्रमण र अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको सन्दर्भमा हामीले आफ्नो सतर्कता बढाउनुपर्छ,’ विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ । मन्त्रालयले फ्रान्सेली नागरिकहरूलाई रुसमा रहेको आफ्नो दूतावासको वेबसाइटमा फ्रान्सको लागि ‘अप्रत्यक्ष’ उडानहरूको ‘गैर–विस्तृत’ सूचीको लागि इयु सदस्य राष्ट्रहरूले रुसी विमान र सेवाहरूको लागि आफ्नो एयर स्पेस बन्द गरेपछि फ्रान्सले सो आग्रह गरेको छ ।

त्यहाँ धेरै कम उडानहरू रहेका र जो मानिसहरूसँग रसियामा रहन बिलकुल आवश्यक कारण छैन उनीहरूले छोड्ने छनौट गर्नुपर्ने विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् । फ्रान्सेली सरकारले आफ्ना नागरिकहरूलाई रुसको कुनै पनि यात्रा स्थगित गर्न आग्रह गरेको छ ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि गत फेब्रुअरी २४ देखि सैन्य आक्रमण सुरु भएको घोषणा गर्नुभएको थियो । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए । तर रुसी सेनाले राजधानी किभलगायत अन्य विभिन्न स्थानमा पनि आक्रमण गरेको पाइएको छ ।

आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षेत्रमा अवस्थित सामरिक महत्त्वको क्राइमियालाई रसियामा गाभेको रसियाले फेरि पूर्वी युक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरेको थियो ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]