२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

युक्रेनमा रहेका सर्वसाधारणलाई देश छाड्न रुसले गर्‍यो युद्धविरामको घोषणा

Logo
प्रकाशित मंगलबार, फाल्गुण २४, २०७८


(ABC-SANCHAR)
काठमाडौं । युक्रेनमाथि आक्रमण जारी राखेको रुसले सर्वसाधारण तथा विदेशी नागरिकलाई बाहिर निस्किन दिन आज युद्धविराम गर्ने भएको छ।

संयुक्त राष्ट्र संघका लागि रुसी राजदूत वासिली नेबेन्जियाले मानवीय करिडोरका लागि रुसले मस्कोको समयअनुसार बिहान १० बजेदेखि युद्धविराम गर्ने बताए। यो समयमा राजधानी किभ, चेर्निगोभ, सुमी र मारियुपोलबाट युक्रेन छोड्नेहरुका लागि मानवीय करिडोर खुला गर्न लागिएको हो।

यसअघि हिजो पनि रुसले मानवीय करिडोरका लागि युद्धबिरामको प्रस्ताव गरेको थियो। तर युक्रेनी राष्ट्रपति भोलोमिरि जेलेन्स्कीले युक्रेनबाट रुस र बेलारुसतर्फमात्र जान मिल्ने गरी करिडोर खोल्न लागेको भन्दै आपत्ति जनाएका थिए। ​जेलेन्स्कीले मानिसहरु जुन मार्गबाट देश छोड्ने चाहे पनि जान पाउनुपर्नेमा रुसले फन्दामा पार्ने गरी करिडोर खोल्न खोजेको भन्दै रुसी प्रस्ताव अनैतिक भएको बताएका थिए।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!