०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

गृह मन्त्रालयले २ जना इन्स्पेक्टरसंग स्पष्टीकरण सेवाबाट हटाउने चेतावनी

Logo
प्रकाशित बिहिबार, फाल्गुण २६, २०७८

ABC (क्राईमबिट) काठमाडौँ । गृह मन्त्रालयले दुई जना प्रहरी निरीक्षकसँग स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा. विशालजंग ठकुरी र कार्तिकेश झासँग स्पष्टीकरण सोधेको हो । नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत नुवाकोटका ठकुरी ८ कात्तिकदेखि अस्पतालमा हाजिर नभएको गृहले जनाएको छ । उनलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ । त्यस्तै, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा दरबन्दी रहेका झा २२ कात्तिकबाट कार्यालयमा हाजिर छैनन् । उनलाई पनि सात दिनभित्र स्पष्टीकरण सोधिएको छ । अन्यथा दुबैलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ गृहसचिवस्तरीय निर्णय भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ दाङको देउखुरी उपत्यका अन्तरगत राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे साझा संगठन राप्ती प्रेस मञ्चको मासिक नियमित बैठक बिहीबार भालुवाङमा सम्पन्न भएको छ । अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले मुख्यतया ४ वटा प्रस्तावहरुमाथि छलफल गर्दै महत्त्वपूर्ण निर्णय गरेको छ । राप्ती प्रेस मञ्चले बढ्‌दो लागूऔषध प्रयोग, सडक दुर्घटना तथा साइबरका घटना न्यूनीकरण […]

एजेन्सी । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ। प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा […]

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन गराउन नसके मार्ग प्रशस्त गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् । बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सम्बोधन गर्दै उनले भने, ‘सके निर्वाचनको तयारी गर, नत्र बाटो लाग।’ उनले भदौ २४ गते आफूहरूलाई धोका भएको भन्दै टोलटोलमा सुरक्षा दस्ता तयार पार्न पार्टीका नेता […]

error: Content is protected !!