१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

गोलीबारीमा २ जना पत्रकार युक्रेनमा मारिए

Logo
प्रकाशित बुधबार, चैत्र ०२, २०७८

(ABC-SANCHAR)
काठमाडौं । फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकार युक्रेनमा मारिएको अमेरिकी नेटवर्कका कर्मचारीहरूले बताएका छन्।​ कीभको बाहिरी भागमा रहेको होरेन्कामा गाडीमा गोलाबारी हुँदा हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको थियो ।

उनीहरुका सहकर्मी ३९ वर्षीय बेन्जामिन हल , घाइते भएका छन् र हाल अस्पतालमा उपचाररत छन्। फक्स न्यूजका सीईओ सुजेन स्कटले यो संगठनको लागि ‘हृदयविदारक दिन’ भएको बताइन्। स्कटले जाक्रजेव्स्की को पत्रकारको रूपमा जोश र प्रतिभा बेजोड रहेको जिकिर गरिन् ।

‘जाक्रजेव्स्की एक युद्ध क्षेत्र फोटोग्राफर थिए जसले फक्स न्यूजका लागि इराकदेखि अफगानिस्तानदेखि सिरियासम्म हामीसँगको आफ्नो लामो कार्यकालमा लगभग हरेक अन्तर्राष्ट्रिय कथाहरू कभर गरे,” उनले भनिन्।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]