०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

भारतको दिल्लीमा नेपालबाट दैनिक २ वटा उडान हुन्छ पर्यटन मन्त्री आले

Logo
प्रकाशित बुधबार, चैत्र १६, २०७८


(ABC=SANCHAR)
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान हुने बताएका छन् । बुधवार नाटाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान गर्न लागिएको बताएका हुन् । उनले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीनवटा उडान भर्ने गरी अगाडी बढेको जानकारी दिए । मन्त्री आलेले मार्च २१ गतेदेखि मुम्बईमा हप्ताको तीनवटा र मार्च २५ देखि बैङ्लोरमा पनि हप्तामा तिनवटा उडान भरिएको बताए ।

उनले भने, ‘हामीले २१ मार्च देखि मुम्बईमा ३ वटा उडान हप्तामा हामी गर्दैछौँ नेपाल एयरलाइन्सको जहाजले । त्यस्तै २५ मार्च देखि हामी बैङ्लोरमा हप्तामा ३ वटा फ्लाइट हामी गर्दैछौँ । १ अप्रिलबाट जापानको नारितामा दुईवटा उडान भर्दैछौँ । दिल्लीमा हरेक दिन दुईवटा फ्लाइट हुनेगरी हामी हप्तामा १४ वटा फ्लाइट गर्दैछौँ । त्यस्तै बैंकक हप्तामा दुईवटा गर्दैछौँ । अनि दुबई, दोहा, हङकङ नियमित उडान भइरहेको छ । म यहाँहरुलाई जानकारी गराउन चाहान्छु । र यही १५ अप्रिल साउदी अरेबियाको रियादमा पनि हप्तामा तीनवटा उडान भर्नेगरी हामी अगाडी बढाउँदै छौँ ।’

मन्त्री आलेले आफुले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई अधिकतम समय आकाशमा उडाउने काम भएको बताए । पहिले ४ देखि ५ घण्टा उडान भर्ने जहाजले हाल १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको उनले उल्लेख गरे ।

मन्त्री आलेले क्यासिनोहरूको रोयल्टी र नवीकरण तथा अन्य होटल व्यवसायमार्फत दस्तुरमार्फत सरकारले १ अर्ब रुपैयाँ संकलन गरेको बताए । रोयल्टी रकम बुझाउन अटेर गर्ने ३ वटा क्यासिनोको लाइसेन्स रद्द गरिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]