(ABC=SANCHAR)
धनगढी । दाङ तुलसीपुर उपमहानगरपालिका वार्ड ३ रानागाउँका ऋषि परियारले मेची महाकाली उल्टो पैदलयात्रा पुरा गरेका छन । परियारले उल्टो पैदल यात्रा गत माघ १५ गते पुर्वको झापा मेची पुलबाट यात्रा सुरु गरेका हुन् ।
आज (बिहिबार ) उनले महाकालीको गड्डाचौकीमा करिब एक बजे पुगेर आफ्नो उल्टो पैदल यात्रा पुरा गरेका हुन् ।
उनले स्वास्थ्यका लागी उल्टो पैदल यात्रा नारा दिएर मेची महाकाली सम्मको एक हजार २४ किलोमिटर दुरी दुई महिना दुई दिनमा पुरा गरेका हुन् ।