२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

संकटकाल घोषणासँगै श्रीलंकामा सामाजिक सञ्जाल पनि बन्द

Logo
प्रकाशित आइतबार, चैत्र २०, २०७८

ABC ( Sanchar)
काठमाडौं । चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकामा सञ्जाल फेसबुक, ट्विटर र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालसमेत खोल्न नसकिने बनाइएको छ ।

खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शनहरु सुरु भएसँगै सरकारले सामाजिक सञ्जालको पहुँचमा अवरोध गरेको बताइएको छ । साथै, शनिबारदेखि ३६ घण्टे कर्फ्यू घोषणा गरिएको छ ।

राष्ट्रपति गोटाबय राजपक्षले सम्बन्धित निकायबाट लिखित अनुमति नलिई कसैले पनि सडक, उद्यान, रेल वा समुद्री तटमा जान नपाउनेगरी निषेधाज्ञा जारी गरेको बीबीसीले जनाएको छ । बिहीबार भिडले राष्ट्रपतिको निजी निवासबाहिर सवारीसाधनमा आगो लगाइदिएपछि थप विरोधप्रदर्शन नहोस् भनेर कडा प्रतिबन्धहरू लगाइएको हो । श्रीलंकामा संकटकाल घोषणा गरिएसँगै सेना परिचालन गरिएको छ । अहिले सेनाले बिनापक्राउ पुर्जी सन्दिग्ध व्यक्तिहरूलाई समात्न सक्ने जनाइएको छ ।

श्रीलंकामा बिजुलीको समेत अभाव देखापरेको बीबीसीले उल्लेख गरेको छ । आधा दिन वा त्योभन्दा बढी विद्युत आपूर्ति हुन सकेको छैन भने खाद्यान्न र औषधिको अभावका कारण सर्वसाधारण मानिसमा आक्रोश चुलिएको छ ।

राष्ट्रपति राजपक्षको कोलम्बोस्थित निवासबाहिर विरोध प्रदर्शन शान्तिपूर्ण रूपमै सुरु भएको तर प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेपछि प्रदर्शन हिंसात्मक भएको थियो । प्रदर्शनकारीले प्रहरीतिर ढुङ्गा हानेर प्रतिकार गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका थिए । भिडन्तमा कम्तीमा दुई दर्जन सुरक्षाकर्मी घाइते भएको एक अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् ।

अहिलेको विरोधप्रदर्शनका कारण राष्ट्रपति राजपक्षको लोकप्रियता घटेको एजेन्सीहरुले जनाएका छन् । सन् २०१९ मा भएको निर्वाचनमा उनी अत्यधिक मतसहित विजयी भएका थिए । उनले देशमा स्थिरता र शासन गर्न सबल नेतृत्व दिने वाचा गरेका थिए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!