११ बैशाख २०८१, मंगलबार
23-04-2024 , Tue
×

संकटकाल घोषणासँगै श्रीलंकामा सामाजिक सञ्जाल पनि बन्द

Logo
प्रकाशित आइतबार, चैत्र २०, २०७८

ABC ( Sanchar)
काठमाडौं । चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकामा सञ्जाल फेसबुक, ट्विटर र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालसमेत खोल्न नसकिने बनाइएको छ ।

खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शनहरु सुरु भएसँगै सरकारले सामाजिक सञ्जालको पहुँचमा अवरोध गरेको बताइएको छ । साथै, शनिबारदेखि ३६ घण्टे कर्फ्यू घोषणा गरिएको छ ।

राष्ट्रपति गोटाबय राजपक्षले सम्बन्धित निकायबाट लिखित अनुमति नलिई कसैले पनि सडक, उद्यान, रेल वा समुद्री तटमा जान नपाउनेगरी निषेधाज्ञा जारी गरेको बीबीसीले जनाएको छ । बिहीबार भिडले राष्ट्रपतिको निजी निवासबाहिर सवारीसाधनमा आगो लगाइदिएपछि थप विरोधप्रदर्शन नहोस् भनेर कडा प्रतिबन्धहरू लगाइएको हो । श्रीलंकामा संकटकाल घोषणा गरिएसँगै सेना परिचालन गरिएको छ । अहिले सेनाले बिनापक्राउ पुर्जी सन्दिग्ध व्यक्तिहरूलाई समात्न सक्ने जनाइएको छ ।

श्रीलंकामा बिजुलीको समेत अभाव देखापरेको बीबीसीले उल्लेख गरेको छ । आधा दिन वा त्योभन्दा बढी विद्युत आपूर्ति हुन सकेको छैन भने खाद्यान्न र औषधिको अभावका कारण सर्वसाधारण मानिसमा आक्रोश चुलिएको छ ।

राष्ट्रपति राजपक्षको कोलम्बोस्थित निवासबाहिर विरोध प्रदर्शन शान्तिपूर्ण रूपमै सुरु भएको तर प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेपछि प्रदर्शन हिंसात्मक भएको थियो । प्रदर्शनकारीले प्रहरीतिर ढुङ्गा हानेर प्रतिकार गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका थिए । भिडन्तमा कम्तीमा दुई दर्जन सुरक्षाकर्मी घाइते भएको एक अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् ।

अहिलेको विरोधप्रदर्शनका कारण राष्ट्रपति राजपक्षको लोकप्रियता घटेको एजेन्सीहरुले जनाएका छन् । सन् २०१९ मा भएको निर्वाचनमा उनी अत्यधिक मतसहित विजयी भएका थिए । उनले देशमा स्थिरता र शासन गर्न सबल नेतृत्व दिने वाचा गरेका थिए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]