२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

उम्मेदवारी सिफारिस गर्दा रकम नलिन कांग्रेसको निर्देशन

Logo
प्रकाशित सोमबार, चैत्र २८, २०७८

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफारिस गर्दा पार्टीको विधानबमोजिम बाहेक अन्य कुनै पनि रकम नलिन निर्देशन जारी गरेको छ ।

कांग्रेसले आइतबार सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधानबमोजिम पार्टीको क्रियाशील सदस्यता, लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेवी) बाहेक अन्य कुनै पनि रकम लिन÷उठाउन नमिल्ने व्यवस्था रहेको स्पष्ट पारेको छ ।

  1. सो व्यवस्था विपरीत केही जिल्लाअन्तर्गत मातहतका पार्टी निकायबाट उम्मेदवारको सिफारिस गर्दा नगद रकम माग गरिएको भन्ने जानकारी आएपछि सो सर्कुलर गरिएको पार्टी कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।साथै पार्टीले विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियामावलीबमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने सदस्यता शुल्क तथा सहयोग रकम लिन÷उठाउन बाँकी भए त्यस्तो रकम तत्काल उठाउन जानकारीसमेत गराएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]