२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

सशस्त्रमा नयाँ आइजिपी नियुक्त हुने

Logo
प्रकाशित सोमबार, चैत्र २८, २०७८

काठमाडौं । आज अपरान्ह मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ । बैठकले सशस्त्र प्रहरीमा नयाँ महानिरीक्षक चयन गर्नेछ ।

 

सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाउन भएपछि नयाँ आइजिपी छान्न लागिएको हो । खनालकै ब्याचका पुष्पराज केसी र रामशरण पौडेलमध्ये एक २० दिनका लागि आइजिपी हुनेछन् । त्यसपछि चार वर्षका लागि हुने आइजिपीको टुंगो पनि आजै लगाउने प्रयास भइरहेको छ । १८ बैशाखपछि आइजिपी हुने गरी एक डिआइजीलाई आजै एआइजी बनाउने सम्भावना छ । जो एआइजी हुन्छ, १८ बैशाखमा उनी आइजिपी हुनेछन् । जसको प्रतिस्पर्धामा राजु अर्याल, नारायणदत्त पौडेल तथा सिपी गौतम छन् । केहीले आर्थिक चलखेलमार्फत अस्वस्थ प्रतिस्पर्धा गरेपनि चुनावको मुखमा वरियता मिचेर आइजिपी नियुक्ति गर्ने अवस्थामा सरकार नरहेको स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!