२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

दुर्घटनामा ४ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, बैशाख ०१, २०७९

काठमाडौं, वैशाख १ : रौतहटको गुजरा नगरपालिका ४ कनकपुरस्थित सडकमा अनटेष्ट लेखिएको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका ५ लक्ष्मीपुर बस्ने ४५ वर्षीय लक्ष्मी ठाकुरको बुधबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको ईण्डो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै दाङको घोराही उपमहानगरपालिका-११ खैरास्थित सडकमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा. १ ख ७८४ नम्बरको बस अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा बसमा सवार सोही ठाउँ बस्ने ८ वर्षीय बिशाल बिकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । बर्दिया, बारबर्दिया नगरपालिका-५ बनघुस्रीस्थित खेतमा भे.१ त ९४२६ नम्बरको ट्याक्टरमा जडान गरिएको थ्रेसरबाट गहुँ झार्ने क्रममा उक्त थ्रेसर मेशिनमा पर्न गई सोही ठाउँ बस्ने ४१ वर्षीय चित्रा थारुको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । थ्रेसर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका २१ स्थित सडकमा सिमराबाट हेटौंडातर्फ जाँदै गरेको बा.१९ च ४३७७ नम्बरको स्कर्पियो अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका ११ बस्ने २५ वर्षीय लोकनाथ सेढाईको मृत्यु भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका २१ स्थित सडकमा सिमराबाट हेटौंडातर्फ जाँदै गरेको बा.१९ च ४३७७ नम्बरको स्कर्पियो अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका ११ बस्ने २५ वर्षीय लोकनाथ सेढाईको मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका स्कर्पियोमा सवार १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!