२९ साउन २०८२, बिहिबार
14-08-2025 , Thu
×

बस दुर्घटना हुँदा दुईको मृत्यु

Logo
प्रकाशित शुक्रबार, बैशाख ०२, २०७९

पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ बल्डेङगढीमा शुक्रबार दिउँसो उक्त बस दुर्घटनामा परेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार लु १ च ४९०२ नम्बरको बस पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गर्दा शुक्रबार दिउँसो दुर्घटनामा परेको थियो।दुर्घटनामा परी गाडी मालिक अन्दाजी ४० वर्षीय विजय सारु र ८ वर्षका एक बालकको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी बल्डेङगढीका प्रहरी सहायक निरीक्षक शिवकुमार यादवले दुर्घटनामा परेका ६ जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!