०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

नेपाल प्रहरीमा एसएसपीको १२ सिटमा बढुवा हुन तीव्र प्रतिस्पर्धा सुरु कोको छ्न?

Logo
प्रकाशित आइतबार, बैशाख ०४, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा एसएसपी पदमा १२ सिट खाली छ । खाली सिटमा बढुवा गर्नका लागि निर्वाचन आयोगले गृह मन्त्रालयलाई अनुमति दिएको छ । निर्वाचन आचारसंहिताका कारण गृह मन्त्रालयले आयोगसँग रिक्त पदमा बढुवा गर्न अनुमति मागेको थियो । प्रहरी उपरिक्षक (एसपी) बाट वरिष्ठ उपरीक्षक एसएसपी पदमा बढुवाका लागि आयोगले अनुमति दिएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए ।

चैत ३० मा चारजनालाई एसएसपीहरुलाई गृह सचिव नेतृत्वको बढुवा समितिले डीआईजीमा बढुवा सिफारिस गरेसँगै वरिष्ठ उपरीक्षकमा १२ सिट खाली भएको छ । सो सिटमा बढुवा हुन तीव्र प्रतिस्पर्धा शुरु भएको छ । कञ्चनपुरमा हत्या गरिएकी निर्मला पन्त प्रकरणमा निलम्बन परेर मुद्दा खेपेका एसपी डिल्लीराज विष्ट पनि बढुवाको प्रतिस्पर्धामा छन् । २०५१ चैत ५ मा सेवा प्रवेश गरेका विष्ट बरियता सूचीको पहिलो नम्बरमा छन् ।

राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन गरेर नेपाल प्रहरीमा आएका अधिकृतहरु बरियताको सुचिमा अगाडी छन् । सिद्धि बिक्रम शाह बढुवाको दुई नम्बर वरियतामा छन् । वरिष्ठ उपरीक्षकमा बढुवा हुन सुशिल सिंह राठौर, माधव प्रसाद श्रेष्ठ, डम्बर बहादुर बिक, गणेश चन्द, उमा प्रसाद चतुर्वेदी, ओम बहादुर राना, सुरेन्द्र बहादुर गुरुङ, हिमाल कुमार श्रेष्ठ र बिमल बस्नेत प्रतिस्पर्धामा छन् । बरियता सुचिमा अगाडी रहेका अधिकृतहरु गणेश चन्द बाहेक सवै राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका हुन् । सिद्धि बिक्रम शाह सहितका अधिकृतहरु २०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएका थिए ।

वरिष्ठ उपरीक्षकमा बढुवा हुन २०५४ चैतमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका राजन अधिकारी, ईश्वर कार्की, मनोज कुमार केसी र दान बहादुर कार्की पनि प्रतिस्पर्धामा छन् । नयाँ ब्याचबाट प्रतिस्पर्धामा रहेका दानबहादुर कार्की र मनोज केसी प्रहरीमा काबिल अफिसरको रुपमा चिनिन्छन् । बढुवा समितीले यसअघि डीआईजीमा बढुवा गर्दा वरियतामा अगाडी रहेका अधिकृतलाई मात्र बढुवा सिफारिस गरेको थियो । एसएसपीमा बढुवा गर्दा सोही विधी अपनाए २०५४ मा सेवा प्रवेश गरेका एकजना अधिकृतले मात्र बढुवा अवसर पाउनेछन् । सो ब्याचबाट १ नम्बर बरियता सुचिमा राजन अधिकारी छन् ।रातो-पाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ। प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा […]

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन गराउन नसके मार्ग प्रशस्त गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् । बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सम्बोधन गर्दै उनले भने, ‘सके निर्वाचनको तयारी गर, नत्र बाटो लाग।’ उनले भदौ २४ गते आफूहरूलाई धोका भएको भन्दै टोलटोलमा सुरक्षा दस्ता तयार पार्न पार्टीका नेता […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा जाने तयारीमा जुटेका छन् । बिहीबार उच्च अदालत, बुटबलले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जान लागेका हुन् । रास्वपा स्रोतका अनुसार उनी भोलि बिहान फ्लाइट मार्फत भैरहवा जानेछन् । उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न […]

error: Content is protected !!