२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

नेपाल प्रहरीका एक नायब निरीक्षक(सइ) ३८ हजार रुपैयाँ घुससहित पक्राउ

Logo
प्रकाशित मंगलबार, बैशाख ०६, २०७९

काठमाडौं । नेपाल प्रहरीका एक नायब निरीक्षक(सइ) ३८ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत सई रुप नारायण महतो घुससहित रंगेहात पक्राउ परेका हुन् ।उनले लेनदेनको विषयमा केस मिलाइदिन्छु भनेर घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले उनलाई मंगलबार साँझ पक्राउ गरेको हो । गुल्म छेउबाट उनी रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ ।धर्मकुमारी क्षेत्री र रमेश लिम्बुबीचको लेनदेन विवादमा उनले घुस लिएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!