२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सञ्चारमाध्यमहरु बन्द गराएकोमा राष्ट्रिय अनलाइन पत्रकार संघको आपत्ति

Logo
प्रकाशित सोमबार, बैशाख २६, २०७९

(ABC=SANCHAR)
काठमाडौं । नेपाल प्रेस काउन्सिलको निर्णयले हालै विभिन्न २३ वटा अनलाइन सञ्चारमाध्यम नेपालभित्र प्रकाशन र प्रशारण हुन नसक्ने गरी व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको विषयमा अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

स्थानीय तह निर्वाचनका सन्दर्भमा ती अनलाइन सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण भएको देखिएको भन्दै ती सञ्चारमाध्यमलाई नेपालभर प्रकाशन र प्रशारण हुन नसक्ने गरी बन्द गराउन पत्राचार गरिएको प्रेस काउन्सिलको निर्णयले संघ आश्चर्यचकित भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रेस काउन्सिलले निर्णय नै गरेर अनलाइन सञ्चार माध्यम बन्द गर्नु गराउनु आफैमा असंवैधानिक कार्य हो । कुनै सञ्चारमाध्यमले प्रकाशन/प्रशारण गरेको सामग्रीले पत्रकार आचारसंहिता उल्लङ्घन भएमा सो अनुसार कारबाही गर्ने गराउने तथा विद्यमान प्रचलित अन्य कुनै पनि कानुनको बर्खिलाप हुने सामग्री प्रकाशन र प्रशारण गरेमा सोही कानुनको व्यवस्था अनुसार कसूरदार ठहर गरी कानुनी कारबाही गर्न सकिने व्यवस्था हुँदाहुँदै प्रेस काउन्सिलले प्रशासनिक र न्यायिक निकायको जस्तो व्यवहार गरी सञ्चार माध्यम बन्द गर्न गराउन अग्रसर हुनु नेपालको प्रेस स्वतन्त्रता आन्दोलनकै लागि गम्भीर धक्का हो भन्ने अनलाइन पत्रकार संघको धारणा छ।’

निर्वाचन आचारसंहिता, २०७८ को उल्लंघन गरेको भन्दै मौका छोपेर पत्रकारितामाथि गरिएको यो प्रकारको प्रहार अनलाइन पत्रकार संघलाई सह्य नहुने बताउँदै कुनै पनि बहानामा अनलाइन सञ्चार माध्यम बन्द गर्ने गराउने कार्यको अनलाइन पत्रकार निन्दा र भर्त्सना गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]