०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

ट्युनिसियामा डुङ्गा डुब्दा ७० आप्रवासी बेपत्ता

Logo
प्रकाशित बुधबार, जेठ ११, २०७९

(ABC=SANCHAR)
ट्युनिस । लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुङ्गा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना हुँदा ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।

भूमध्यसागरमा सो डुङ्गा डुबेर दुर्घटना भएको तटरक्षकहरुले बुधबार जानकारी दिएका छन् । ट्युनिसियाको स्फ्याक्स बन्दरगाहमा करिब १०० यात्रु बोकेको डुङ्गा पल्टिएको थियो ।

तटरक्षक र नौसेनाको टोलीले २४ जनालाई पानीबाट बाहिर निकालेका नेशनल गार्डका प्रवक्ता हौसेम एडिनले बताएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]