२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

सिकार खेल्ने क्रममा दाङमा गोली लागेर १ जनाको घटना स्थलमै मृत्यु

Logo
प्रकाशित शनिबार, जेठ १४, २०७९

(ABC=SANCHAR)
दाङ । बँगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमाना पर्ने जँगलमा सिकार खेल्न गएका मध्य एकजनाको गोली लागेर शुक्रबार मृत्यु भएको प्रहरीले बताएको छ । गोली लागेर लमही नगरपालिका वडा नम्बर १ बौराह निवासी बर्ष २३ का कालुराम घर्ती मगरको मृत्यु भएको हो । शबलाई लमही अस्पतालमा राखिएको छ। उनको घाँटीमा गोली लागेको छ ।

घटनामा सँलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा राखेको छ ।
बर्ष २८ का निम बहादुर घर्ती मगर, ४० का जिवलाल घर्ती मगर, २४ का दिल बहादुर घर्ती मगर, १७ का आकाश घर्ती मगर, १३ का विशाल घर्ती मगर, ५५ का ओम बहादुर घर्ती मगर, ३८ का खगेन्द्र घर्ती मगर र बर्ष ४० का बुद्दीमान घर्ती मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक सन्दिप बेलबासेले जानकारी दिए । उनिहरु सबै लमही नगरपालिका वडा नम्बर १ बौराह निवासी हुन । उनिहरुलाई अहिले वडा प्रहरी कार्यालय लमहीको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]