२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

भन्सार एजेण्टको परीक्षा विरुद्ध फेरी अख्तियारमा उजुरी पर्‍यो

Logo
प्रकाशित शुक्रबार, जेठ २०, २०७९


(ABC=SANCHAR)
पर्सा । भन्सार एजेण्टको परीक्षाको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भन्सार विभागले भन्सार एजेण्टको लागि लिएको परीक्षामा निजामति कर्मचारीहरु समेत संलग्न भएको भन्दै भन्सार एजेण्टको परीक्षा दिएका परीक्षार्थीहरुले अख्तियारमा उजुरी दिएका हुन् ।

पटक पटक परीक्षा स्थगित हुदै आएको भन्सार एजेण्टको परीक्षा गत बैशाख १७ गते लिएको थियो । त्यसमा पनि निजामति कर्मचारीहरुले समेत परीक्षा दिएको भन्दै कानून विपरित निजामति कर्मचारीले एजेण्टको परीक्षा लिएर लाईसेन्स लिन खोजेपछि अख्तियारमा उजुरी परेको हो ।

निजामती सेवा ऐन २०४९ को दफा ४९ निजामति कर्मचारीहरुले कुनैपनि अन्य आर्थिक लाभको काम गर्न नहुने स्पष्ट उल्लेख भएकोले भन्सार एजेण्टमा पनि निजामति कर्मचारीले लाईसेन्स लिन नपाउने भन्दै अख्तियारमा उजुरी दिएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

error: Content is protected !!