२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेमा अबैध क्यासिनो चलाउन केही मिडियामा सिडियो र एसपीको नाम बदनाम गर्दै

Logo
प्रकाशित बिहिबार, जेठ २६, २०७९

ABC संचार (ब्युरो)
बाँके । नेपालगन्जमा संचालित सात वटा क्यासिनोमा हिजोआज प्रहरी प्रशासनले कडाईका साथ अप्रेशन थालेपछि केही क्यासिनोले मिडियाको सहारामा टेबुल समाचार प्रकाशित गरी बाँकेका सिडियो र एसपीलाई निशाना बनाई बदनाम गराउने प्रयास गरिएको भेटिएको छ ।
प्रहरी प्रशासनले कडाई गर्न थालेपछि स्थानिय केही क्यासिनोको आम्दानीको स्रोत सुक्दै गएको झोंकमा केही मिडियामा बाँकेका सिडियो सूर्य बहादुर खत्री र बाँकेका एसपी श्याम कृष्ण अधिकारीलाई बदनाम गराउने गरी समाचार प्रकाशित गरिएको बुझिएको छ ।
बाँके सिडियो खत्री विदाबाट भर्खरै जिल्ला आएका छन् भने एसपी अधिकारी लामो विदामा काठमाडौंमा रहदा प्रहरीलाई प्राप्त समाचारको आधारमा क्यासिनोमा छापा मारी नेपाली जुवाडीहरु पक्राउ गरेको तथा केहीलाई मुद्दा समेत चलाइएको छ । बाँके सिडियो र एसपीको कडा आदेशमा क्यासिनोमा कडाई गरेपछि भोलिका दिनमा गैरकानुनी रुपमा क्यासिनो संचालन गर्ने मनसाय राखी बाँके सिडियो खत्री र एसपी अधिकारीको नाम मिडियामा ल्याई बदनाम गरी ‘माइन्ड डाइभर्ट’ गर्ने दिवास्वप्नको प्रयास गरिएको छ ।
नेपालगन्जमा संचालित सात मध्ये ६ क्यासिनोले विद्युतिय उपकरणबाट गेमिंग गर्ने अनुमति पाएका छन् । प्रहरी छापा मार्न पुग्छ, अनुमति छ वा छैन हेर्छ अनि नेपाली छ भने पक्राउ गर्छ तर विद्युतिय उपकरणबाट मिनि क्यासिनोमा कस्ता खाले गेमिंग हुन्छ भन्ने थाहा नपाएको कारण प्रहरी छापा अधुरो रहेको बताइएको छ ।
विद्युतीय उपकरणबाट मिनि क्यासिनो संचालन गर्न अनुमति पाएका ६ मध्ये तिन जना क्यासिनोले गैरकानुनी रुपमा ३ पत्ती तास कार्ड खेलाइरहेको बताइएको छ । तर यस विषयमा छापा मार्न जाने प्रहरी अनभिज्ञ रहेको पाइएको छ । बिशेष स्रोतका अनुसार नेपालगन्जमा संचालित ६ मिनि क्यासिनो मध्ये सिटी ग्याम्बलिङ जोन, लक्की स्टार क्यासिनो र एसएन बिल्यु ग्यामलिङ सेन्टरले गैरकानुनी रुपमा ३ पत्ती तास कार्ड खेलाएको बताइएको छ ।
प्रहरी छापा मार्ने विषयमा ज्याकपट ग्याम्बिलिङ सेन्टर भने सकारात्मक हुँदै संचालक प्रताप बम भन्छन्–‘हाम्रो क्यासिनोमा भारतीय पर्यटकलाई मात्र प्रवेश भएकोले प्रहरीले छापा मार्दा ढुक्क हुन्छौं । पर्यटन विभागको मापदण्ड पुरा गरी हाम्रो मिनि क्यासिनो संचालनमा छ । केही कठिनाई पर्यो भने प्रहरी प्रशासनलाई भन्छौं, समयमा सहयोग गर्नु हुन्छ ।’
क्यासिनो बाहिर अवैध भारतीय गाडीको भीड :
नेपाल सरकारले भारतीय नम्बर प्लेटका भारतीय गाडी निर्वाध रुपमा आउन सुविधा पास दिने गरेको छ । सुविधा पास भन्सार कार्यालयले साँझ ४ बजेसम्म दिने गरेको बताइएको छ भने क्यासिनोमा साँझ र रातीको समयमा आउने भारतीय नम्बर प्लेटको गाडीको सुविधा पास भने भन्सार कार्यालयसंगको सेटिंग मैं दिउँसो नै तयार पारिने भन्सारका एक एजेन्टले बताए । भारतबाट नेपालगन्ज प्रवेश गर्दा जमुनाहा नाका इन्ट्री हुन्छ तर त्यो इन्ट्रीको कुनै भ्यालु नै नराखिने गरेको पाइएको छ । ध्वनि-खबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]