२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

बाँकेमा अबैध क्यासिनो चलाउन केही मिडियामा सिडियो र एसपीको नाम बदनाम गर्दै

Logo
प्रकाशित बिहिबार, जेठ २६, २०७९

ABC संचार (ब्युरो)
बाँके । नेपालगन्जमा संचालित सात वटा क्यासिनोमा हिजोआज प्रहरी प्रशासनले कडाईका साथ अप्रेशन थालेपछि केही क्यासिनोले मिडियाको सहारामा टेबुल समाचार प्रकाशित गरी बाँकेका सिडियो र एसपीलाई निशाना बनाई बदनाम गराउने प्रयास गरिएको भेटिएको छ ।
प्रहरी प्रशासनले कडाई गर्न थालेपछि स्थानिय केही क्यासिनोको आम्दानीको स्रोत सुक्दै गएको झोंकमा केही मिडियामा बाँकेका सिडियो सूर्य बहादुर खत्री र बाँकेका एसपी श्याम कृष्ण अधिकारीलाई बदनाम गराउने गरी समाचार प्रकाशित गरिएको बुझिएको छ ।
बाँके सिडियो खत्री विदाबाट भर्खरै जिल्ला आएका छन् भने एसपी अधिकारी लामो विदामा काठमाडौंमा रहदा प्रहरीलाई प्राप्त समाचारको आधारमा क्यासिनोमा छापा मारी नेपाली जुवाडीहरु पक्राउ गरेको तथा केहीलाई मुद्दा समेत चलाइएको छ । बाँके सिडियो र एसपीको कडा आदेशमा क्यासिनोमा कडाई गरेपछि भोलिका दिनमा गैरकानुनी रुपमा क्यासिनो संचालन गर्ने मनसाय राखी बाँके सिडियो खत्री र एसपी अधिकारीको नाम मिडियामा ल्याई बदनाम गरी ‘माइन्ड डाइभर्ट’ गर्ने दिवास्वप्नको प्रयास गरिएको छ ।
नेपालगन्जमा संचालित सात मध्ये ६ क्यासिनोले विद्युतिय उपकरणबाट गेमिंग गर्ने अनुमति पाएका छन् । प्रहरी छापा मार्न पुग्छ, अनुमति छ वा छैन हेर्छ अनि नेपाली छ भने पक्राउ गर्छ तर विद्युतिय उपकरणबाट मिनि क्यासिनोमा कस्ता खाले गेमिंग हुन्छ भन्ने थाहा नपाएको कारण प्रहरी छापा अधुरो रहेको बताइएको छ ।
विद्युतीय उपकरणबाट मिनि क्यासिनो संचालन गर्न अनुमति पाएका ६ मध्ये तिन जना क्यासिनोले गैरकानुनी रुपमा ३ पत्ती तास कार्ड खेलाइरहेको बताइएको छ । तर यस विषयमा छापा मार्न जाने प्रहरी अनभिज्ञ रहेको पाइएको छ । बिशेष स्रोतका अनुसार नेपालगन्जमा संचालित ६ मिनि क्यासिनो मध्ये सिटी ग्याम्बलिङ जोन, लक्की स्टार क्यासिनो र एसएन बिल्यु ग्यामलिङ सेन्टरले गैरकानुनी रुपमा ३ पत्ती तास कार्ड खेलाएको बताइएको छ ।
प्रहरी छापा मार्ने विषयमा ज्याकपट ग्याम्बिलिङ सेन्टर भने सकारात्मक हुँदै संचालक प्रताप बम भन्छन्–‘हाम्रो क्यासिनोमा भारतीय पर्यटकलाई मात्र प्रवेश भएकोले प्रहरीले छापा मार्दा ढुक्क हुन्छौं । पर्यटन विभागको मापदण्ड पुरा गरी हाम्रो मिनि क्यासिनो संचालनमा छ । केही कठिनाई पर्यो भने प्रहरी प्रशासनलाई भन्छौं, समयमा सहयोग गर्नु हुन्छ ।’
क्यासिनो बाहिर अवैध भारतीय गाडीको भीड :
नेपाल सरकारले भारतीय नम्बर प्लेटका भारतीय गाडी निर्वाध रुपमा आउन सुविधा पास दिने गरेको छ । सुविधा पास भन्सार कार्यालयले साँझ ४ बजेसम्म दिने गरेको बताइएको छ भने क्यासिनोमा साँझ र रातीको समयमा आउने भारतीय नम्बर प्लेटको गाडीको सुविधा पास भने भन्सार कार्यालयसंगको सेटिंग मैं दिउँसो नै तयार पारिने भन्सारका एक एजेन्टले बताए । भारतबाट नेपालगन्ज प्रवेश गर्दा जमुनाहा नाका इन्ट्री हुन्छ तर त्यो इन्ट्रीको कुनै भ्यालु नै नराखिने गरेको पाइएको छ । ध्वनि-खबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!