०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

रुसविरुद्ध लड्ने २ बेलायती भाडाका लडाकुलाई मृत्युदण्डको फैसला किन?

Logo
प्रकाशित आइतबार, जेठ २९, २०७९

(ABC=SANCHAR)
काठमाडौं । रुस र युक्रेनबीच द्वन्द्व चर्किएको चार महिनामा प्रवेश गरेको छ। रुसले युक्रेन भित्रै घुसेर आक्रमण थालेपछि महिनौंयता युद्ध चलिरहेको हो।

यो युद्धबाट युक्रेनलाई अरबौं अमेरिकी डलर घाटा भइसकेको छ। रुसी आक्रमणबाट युक्रेनका अनगिन्ती पूर्वाधार नष्ट भएका छन्।

गतहप्ता मात्र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्म २० प्रतिशत आप्mनो भूभाग कब्जा गरेको जानकारी दिएका थिए।

रुसले आक्रमण गर्दा २० लाखभन्दा बढी युक्रेनी नागरिक विस्थापित भएका छन्। उनीहरु अन्य देशमा शरणार्थीको जीवन विताइरहेका छन्।

यो युद्धमा दुवै देशका हजारौं सेनाले ज्यानसमेत गुमाइसकेका छन्। सो क्रममा दुवै देशको तर्फबाट भाडाका लडाकुहरुले पनि युद्ध गरेका छन्। राम्रो कमाई हुने सोचका साथ विभिन्न देशका लडाकुहरु युक्रेन र रुसको भाडाका लडाकु बनिरहेका हुन्।

यस क्रममा रुसी सेनाविरुद्ध लड्ने दुई बेलायती नागरिकलाई मृत्युदण्डको फैसला सुनाइएको छ। रुसी लडाकुद्वारा नियन्त्रित युक्रेनको डोनेट्स्क क्षेत्रको अदालतले एइडेन स्लिन र साउन पिनरलाई मृत्युदण्ड दिने फैसला गरेको हो।

यसैबीच मोरोक्कोका सादउन ब्राहिमलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। उनीपनि युक्रेनको तर्फबाट रुसविरुद्ध लडिरहेका थिए।

डोनेट्स्क न्युज एजेन्सीका अनुसार डोनेट्स्कको चार कानुन उल्लंघन गरेकोमा उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको जनाइएको छ।

उनीहरुलाई आतंकवादी कार्यमा लागेको र शक्ति हत्याउने प्रयास गरेको आरोप लागेको छ। डोनेट्स्क युक्रेनकै भूमि भएता पनि रुसले सो क्षेत्रका लडाकुलाई समर्थन गर्दै आएको छ।

डोनेट्स्कलाई युक्रेनबाट मुक्त गर्न रुस लागि परेको छ। शान्ति स्थापनाको मागमा डोनेट्स्कलाई स्वतन्त्र राज्य घोषणा गरिनुपर्छ भन्ने पनि रुसको माग छ जुन युक्रेनले मानेको छैन। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्र मानिने आफ्नो साउथ पार्स ग्यास फिल्डमा बुधबार इजरायलले हमला गरेपछि इरानले अमेरिकासँग सम्बन्धित तेल र ग्यास रिफाइनरीलाई लक्ष्य गरी मध्यपूर्वका देशहरूमा रातभर आक्रमण गरेको छ। साउदी अरेबियाले बुधबार रातभर इरानले आक्रमण गरेको बताएको छ। साउदी रक्षा मन्त्रालयले राजधानी रियाद र देशका पूर्वी क्षेत्रमा १७ ड्रोन र दुई ब्यालिस्टिक मिसाइल खसालेको बताएको […]

इराक । सुरक्षा संयन्त्रले दिएको जानकारी अनुसार यो आक्रमण पछिल्ला केही दिनयताको सबैभन्दा भिषण हो। आक्रमणको लगभग ६ घण्टा पहिले अमेरिकाले इराकमा रहेका सबै अमेरिकी नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको थियो। गत हप्ता पनि बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको थियो। यस्तै, इरानले इजरायलमा पनि कयौँ रकेट खसालेको छ। आक्रमण बढीपछि खाडी राष्ट्र युएईले आफ्नो […]

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावपछि सरकारले ती देशमा वैदेशिक रोजगारी अर्थात् श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) बन्द गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण सरकारले खाडी तथा इजरायल, टर्की लगायतका ११ देशमा श्रम स्वीकृति स्थगन गरेको हो । तर फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको […]

error: Content is protected !!