१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

रुसविरुद्ध लड्ने २ बेलायती भाडाका लडाकुलाई मृत्युदण्डको फैसला किन?

Logo
प्रकाशित आइतबार, जेठ २९, २०७९

(ABC=SANCHAR)
काठमाडौं । रुस र युक्रेनबीच द्वन्द्व चर्किएको चार महिनामा प्रवेश गरेको छ। रुसले युक्रेन भित्रै घुसेर आक्रमण थालेपछि महिनौंयता युद्ध चलिरहेको हो।

यो युद्धबाट युक्रेनलाई अरबौं अमेरिकी डलर घाटा भइसकेको छ। रुसी आक्रमणबाट युक्रेनका अनगिन्ती पूर्वाधार नष्ट भएका छन्।

गतहप्ता मात्र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्म २० प्रतिशत आप्mनो भूभाग कब्जा गरेको जानकारी दिएका थिए।

रुसले आक्रमण गर्दा २० लाखभन्दा बढी युक्रेनी नागरिक विस्थापित भएका छन्। उनीहरु अन्य देशमा शरणार्थीको जीवन विताइरहेका छन्।

यो युद्धमा दुवै देशका हजारौं सेनाले ज्यानसमेत गुमाइसकेका छन्। सो क्रममा दुवै देशको तर्फबाट भाडाका लडाकुहरुले पनि युद्ध गरेका छन्। राम्रो कमाई हुने सोचका साथ विभिन्न देशका लडाकुहरु युक्रेन र रुसको भाडाका लडाकु बनिरहेका हुन्।

यस क्रममा रुसी सेनाविरुद्ध लड्ने दुई बेलायती नागरिकलाई मृत्युदण्डको फैसला सुनाइएको छ। रुसी लडाकुद्वारा नियन्त्रित युक्रेनको डोनेट्स्क क्षेत्रको अदालतले एइडेन स्लिन र साउन पिनरलाई मृत्युदण्ड दिने फैसला गरेको हो।

यसैबीच मोरोक्कोका सादउन ब्राहिमलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। उनीपनि युक्रेनको तर्फबाट रुसविरुद्ध लडिरहेका थिए।

डोनेट्स्क न्युज एजेन्सीका अनुसार डोनेट्स्कको चार कानुन उल्लंघन गरेकोमा उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको जनाइएको छ।

उनीहरुलाई आतंकवादी कार्यमा लागेको र शक्ति हत्याउने प्रयास गरेको आरोप लागेको छ। डोनेट्स्क युक्रेनकै भूमि भएता पनि रुसले सो क्षेत्रका लडाकुलाई समर्थन गर्दै आएको छ।

डोनेट्स्कलाई युक्रेनबाट मुक्त गर्न रुस लागि परेको छ। शान्ति स्थापनाको मागमा डोनेट्स्कलाई स्वतन्त्र राज्य घोषणा गरिनुपर्छ भन्ने पनि रुसको माग छ जुन युक्रेनले मानेको छैन। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!