२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङमा डेढ करोड बढि खर्चमा बनाएको नाच घरको संरचना कसरी भत्कियो समानहरु अस्तब्यस्त ?

Logo
प्रकाशित सोमबार, आषाढ ०६, २०७९


(सागर थापा)
दाङ । घोराही उपमहानगरपालिका १८ घोरदौरामा डेढ करोड बढि खर्चिएर बनाएको खुला नाच घरका केही संरचना भत्किएका छन । निर्माण गरेको ६ महिना नपुग्दै नाच घरको वरिपरिका भाग भत्किएका हुन् । यता नाच घर केका लागि र किन बनाइयो भन्ने स्थानीयले पत्तो पाएका छैनन् । स्थानीय सुनिल मगरले यो भवन केका लागि बनेको हो ? भन्ने बारेमा आफूहरूले नबुझेको बताए । उनले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्दा यहाँ देशभरका मानिसहरू नाच्न आउने ठाउँ बनाएको भनिएता पनि अहिले सम्म कुनै त्यस्तो कार्यक्रम नभएको बताए । ‘उद्घाटन गर्दा तत्कालीन मुख्यमन्त्री पोख्रेलले भन्नुभएको थियो,‘ यो डबली अर्थात् नाच घर हो,‘ उनले थपे,‘ अब यहाँ देशभरबाट कलाकारहरू आउन छन् । यहाँका धेरै नागरिकहरूले रोजगारी पाउने छन् । तर, यो निर्माण सम्पन्न भएको करिब ६ महिना मै भत्किन थालेको छ । खै कहिले आउँछन् होला देशभरबाट कलाकार यहाँ नाच्न । हामीले कहिले पाउँछौ रोजगारी ? ’ अझै निर्माण सम्पन्न नभएको भन्दै उनले दर्शकहरू बस्ने ठाउँ भत्किएको छ । पुरै घाँस उम्रिएको छ । त्यस्तै अर्का स्थानीय रमा घर्तीले यहाँ बनेको नाच घर पर्यटन प्रर्वद्धनको लागि बनाएको भन्ने गरेको भएयता पनि यो निर्माण भएको छोटो समयमा भत्किन थाल्दा राज्यको पैसामा मात्र सकिने काम भएको बताए । उनले आफ्नो ठाउँमा यो बन्नु राम्रो भएयता पनि निर्माण भएको छोटो समयमा भत्किनुमा राज्यको पैसा मात्र सकिएको धारणा व्यक्त गरे । उनले भने,‘ यदि यो ठाउँमा कार्यक्रमहरू भएपछि हामीले पनि रोजगारी पाउँछ की भन्ने आस थियो । तर, यो भत्किन थालेपछि कसरी यहाँ कार्यक्रम होला जस्तो लाग्छ ।’ स्थानीय कला संस्कृति देखाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तत्कालीन मुख्यमन्त्री पोखरेले यो योजना अगाडि सारेका थिए । २ तलाको घर बनाइएको छ । माथिल्लो तलामा कलाकारहरूले कला प्रस्तुत गर्ने मञ्च बनाइएको छ । भने, बाहिर खुलाचौरमा सय जना दर्शक बस्न मिल्ने प्यारा फिट बनाइएको छ । अन्य कोठाहरूमा कलाकारले पोशाक परिवर्तन गर्ने, पोशाक, लागायतका अन्य सामानहरू राख्नेको लागि बनाइएको छ । २ तलाका शौचालय पनि बनाइएको छ । यो नाचघर घोराही बजारदेखि करिब १० किलोमिटर पूर्वमा पर्दछ । यसको निर्माण २ वर्ष अघिबाट सुरु भएको थियो । २०७६/७७ मा ९७ लाख र २०७७/ ७८ मा ४१ लाख र वन डिभिजनको ३० लाख गरी १ करोड ६८ लाख रुपैयाँ खर्च भइसकेको छ, भने चालु आर्थिक वर्षमा ५० लाख बजेट प्रदेश सरकारले राखेको छ । संरचना एकातिर निर्माण भइरहेको छ , भने अर्कातिर भत्किन पनि सुरु गरेको छ । नाच घर वरपर लगाइएका मेसिनरी भित्ता सबै भत्किएका छन भने निर्माणका लागि बनाउने समान सिमेन्टहरु बिगि्रए ढुङ्गा भएको छ । संरचना बनाउने ठेक्का सत्यम् कन्ट्रक्सनले लिएको थियो । यता घोराही उप-महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष भरत अर्यालले आफुले वडा बासीको गुनासो आए पछी सम्बन्धित निकायमा पटक-पटक पुनः मर्मत निर्माणको लागि पहल गरेको फ़ेरि तत्काल आफुले अधुरो नाच घर निर्माणका लागि पहल गर्ने राम्रो निर्माण व्यावसायिलाई नयाँ ठेक्का दिएर अधुरो नाच घर बनाउने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]