२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

नेपाल प्रहरीका एसएसपीले नक्कली बिल पेस गरेर लुकाए अनियमितता किन ?

Logo
प्रकाशित मंगलबार, आषाढ ०७, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । यो वर्ष निर्वाचनमा प्रहरीले थोरै मात्र बजेट पायो । तर, त्यो बजेट पनि मितव्ययी रुपमा खर्च भने भएन । नक्कली बिल पेश गरेर विभिन्न जिल्लाका इन्चार्ज र लेखापालहरुले मस्त कमाएका छन् ।

निर्वाचनमा गाडी भाडामा लिने तथा भ्रमण खर्चका नाममा मोटो रकम अनियमितता भएको स्रोतले बताएको छ । हरेक जसो जिल्लामा वास्तविक खर्चभन्दा धेरै खर्चको बिल पेश गरेर यस्तो अनियमितता भएको स्रोत बताउँछ ।

यस्तै अनियमितता भएको आशंकामा प्रहरी प्रधान कार्यालयले आठ एसएसपीलाई गत साता अनुगमनमा खटायो । तर, कुनै पनि समितिले अनियमितता पत्ता लगाउन नसकेको स्रोत बताउँछ । अर्काेतर्फ एक घन्टामा कागजपत्र हेरेर यस्तो अनियमितता पत्ता लाग्ने विषय पनि थिएन । किनकी चतुर लेखापालहरुले पहिले नै सबै कागजपत्र मिलाइसकेका थिए ।

अनुगमनमा आउने भनेर पहिले नै जानकारी दिएकाले पनि उनीहरुलाई सबै हिसाब मिलाउन सहज भएको थियो । एउटा रेटमा गाडी भाडामा लिने र बिल अर्काे मागेर अनियमितता भएको छ । कतिपयले भने नजिकको हाकिम तथा लेखापाल भएकाले सानोतिना गढबढलाई माफि दिएका छन् ।प्रहरी प्रधान कार्यालयले सन्दीप भण्डारीलाई प्रदेश १, टेकप्रसाद राईलाई मधेस प्रदेश, श्यामलाल ज्ञवालीलाई बागमती, दीपक थापालाई उपत्यका, भरत बोहरालाई गण्डकी, बुद्धीराज गुरुङलाई लुम्बिनी, चन्द्रकुबेर खापुङलाई कर्णाली र रामदत्त जोशीलाई सुदुरपश्चिम खटाएको थियो । सबैले प्रतिवेदन तयार पारिसकेका छन् । तर, कसैले पनि अनियमितता ओंल्याउन नसक्नुले अनुगमनको नाममा अनावश्यक खर्च मात्र भएको छ ।

केही एसएसपीलाई डिआइजी बढुवाको बेला प्रदेश खटाएर दौडधुपबाट रोक्न पनि यसरी पठाइएको चर्चा प्रहरी प्रधान कार्यालयमा छ ।

कागजपत्र मिलाए पनि म्यादीको पोशाकमा समेत अनियमितता भएको स्रोत बताउँछ । केही डिआइजीहरुले कपडा व्यापारीसँग मिलेर आफ्नो प्रदेशभरी सोही ठेकदारको कपडा किन्नुपर्ने गरी सेटिङ मिलाएका थिए । त्यसरी सेटिङ मिलाउने डिआइजीहरु हाल एआइजी भइसकेका छन् । केन्द्रबाटै समेत पारदर्शी रुपमा बजेट खर्च हुन नसकेको स्रोत बताउँछ । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!