२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

सशस्त्र प्रहरीको असई देखि इन्स्पेक्टर सम्मको बढुवा प्रक्रिया शुरु

Logo
प्रकाशित मंगलबार, आषाढ १४, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बलमा असईदेखि इन्स्पेक्टरसम्मको बढुवा प्रक्रिया शुरु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले आइतबार साँझ सूचना प्रकाशित गरेर रिक्त रहेको सशस्त्र प्रहरी सहायक निरीक्षक (असई), सशस्त्र प्रहरी नायब निरीक्षक (सई) र सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवा प्रक्रिया शुरु गरेको हो ।

बढुवाका लागि प्रकाशित सूचनामा साधारण समूह, साधारण उपसमूह तर्फका सशस्त्र प्रहरी वरिष्ठ हवल्दारहरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपिसहित मूल्यांकन फाराम २० दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ ।

त्यसैगरी साधारण समूह, साधारण उपसमूहतर्फका सशस्त्र प्रहरी सहायक निरीक्षकहरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपिसहित मूल्यांकन फाराम १५ दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ । त्यस्तै साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायब निरीक्षकहरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपिसहित मूल्यांकन फाराम १० दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!