१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

काठमाडौँ उपत्यका सार्वजनिक स्थानमा भिख माग्न निषेध मागे प्रहरीले पक्राउ गर्ने

Logo
प्रकाशित शुक्रबार, आषाढ १७, २०७९

ABC-SANCHAR
काठमाडौँ महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिख माग्न निषेध गरेको हो ।

साथै बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन आग्रह गरेको छ ।

काठमाडौँ महानगरपालिका नगर सभा ११औँ अधिवेशनबाट सार्वजनिक स्थानमा भिख माग्न नपाइने स्वीकृत नीति समेतका आधारमा यो सूचना जारी गरिएको महानगरले जनाएको छ ।

तर साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा माग्ने भने पाइने सूचनामा जनाइएको छ ।

असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन हुँदै आएकोले आश्रमको सेवा आवश्यक परेमा काठमाडौँ महानगरपालिका वा मानव सेवा आश्रममा सम्पर्क गर्न आग्रह गरेको छ ।

यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र उल्लेखित सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य नगर्नु तथा नगराउन आग्रह गरिएको छ ।

सूचनाको उल्लङ्घन गरेमा सम्बद्ध सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित कानुन बमोजिम कारबाही गरिने महानगरले सूचनामामार्फत जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री श्रेष्ठले सरुवा, बढुवा र पदस्थापनलाई वैज्ञानिक बनाउने बताए । प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले भने–‘सरुवा र बढुवामा हस्तक्षेप गर्न दिइने छैन ।’प्रहरी अधिकृतहरूलाई आफ्नो सरुवा र बढुवाका लागी चाकडी नगर्न मन्त्री […]

ABC-SANCHAR काठमाडौँ महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिख माग्न निषेध गरेको हो । साथै बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा […]

ABC (क्राईमबिट) काठमाडौं । हाम्रा आदर्शको कुराले यि प्रहरीको घरपरिवार पालिदैन- दोष प्रहरीको होईन दोष सिस्टमको हो – order is order , सरकार बाट जे आदेश आउन्छ त्यहि मान्नु पर्छ नभए कहि नभएको कानुन प्रहरीलाई नै पहिला लाग्छ ? अनि दोष फेरी प्रहरी मै देख्छौ यार हैट हाम्रो बुद्धि। #चुनाव को बेला मासुभात मा बिक्छौ […]