३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

नवनियुक्त डीआईजीहरुलाई आइतबार विशेष समारोहकाबिच दर्ज्यानी चिह्नद्वारा सुशोभन गरिने

Logo
प्रकाशित शनिबार, आषाढ १८, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् ।

गृहमन्त्रालयले (शुक्रबार) यहि असार ८ गते बढुवा सिफारिसमा परेका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको हो ।

शुक्रबारको निर्णयअनुसार टेकप्रसाद राई, अशोक सिंह, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी,भिमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह (चन्द) र किरण राणा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् ।

नवनियुक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुलाई आइतबार अपरान्ह २ बजे प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आयोजना गरिने विशेष समारोहकाबिच दर्ज्यानी चिह्नद्वारा सुशोभन गरिने कार्यक्रम तय गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!