२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

पाकिस्तानमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु, १२ घाइते

Logo
प्रकाशित आइतबार, आषाढ १९, २०७९

ABC-SANCHAR
काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको शेरानी जिल्लामा आइतबार एक यात्रुवाहक बस खाल्डोमा खस्दा कम्तीमा १९ यात्रुको मृत्यु हुनाको साथै अन्य १२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सो घटना उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको सिमानामा रहेको जिल्लाको दानासार क्षेत्र नजिकै भएको हो ।

तीव्र गति र वर्षाका कारण चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको छ । केही घाइतेको अवस्था गम्भीर भएकाले थप मृत्यु हुने सम्भावना रहेको पनि प्रहरीले जनाएको छ ।

देशको राजधानी इस्लामाबादबाट बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटा जाँदै गरेको बसमा ३० भन्दा बढी यात्रु सवार थिए एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!