२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

श्रीपेच विवादमा बालेनले मागे माफी धार्मिक भावनामा चोट पुर्याउने छैन

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९

ABC-SANCHAR
काठमाडौं । नेपालको पहिलो टेलिभिजन र्‍याप गायन प्रतियोगिता ‘नेपहपको श्रीपेच’का विजेतालाई लगाइदिएको श्रीपेचको विषयमा विवाद बढेपछि र्यापर तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माफी मागेका छन्।

सो श्रीपेच बौद्ध धर्ममा पवित्र मानिने भएकाले सो श्रीपेच प्रतियोगिताका विजेता भाइबर साइमनलाई लगाइनु धर्मको विरुद्धमा भएको टिप्पणी भएको थियो।

यससँगै सो कार्यक्रममा निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई श्रीपेच फिर्ता गरेका हुन्।

बालेन र भाइबरले माफी माग्दै श्रीपेच बौद्ध गुरुलाई फिर्ता दिए। गत शनिबार बालेन साहले विजेता भाइबरलाई पन्चबुद्धको आकृतिसहितको मुकुट पहिर्‍याइदिएका थिए।

बौद्ध धर्ममा यस्तो मुकुट बज्राचार्यको पूजामा अभिषेक पाएपछि गुरुहरुले शिष्यलाई प्रदान गर्ने चलन छ।

बालेनले आफ्नो उद्देश्य कुनैपनि धर्मको आस्था र अस्मितामाथि ठेस पुर्याउने नभएको बताएका छन्। उनले यस्ता गल्ती नदोहोर्याउने पनि जनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]