२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

प्रहरी हेटक्वाटरले काजमा खटिएका सबै प्रहरीलाई तोकिएकै स्थानमा फिर्ता हुन परिपत्र

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयस्थित प्रशासन शाखाले काजमा खटिएका सम्पूर्ण प्रहरी कर्मचारीलाई तोकिएकै स्थानमा फिर्ता हुन परिपत्र गरेको छ ।

कर्मचारी प्रशासन शाखाले प्रहरी नियमावली २०७१ को नियम ५२ विपरीत काज सरुवा माग्ने र दिने गर्दा त्यसको दुरुपयोग भएको भन्दै नयाँ नियम बनाएको हो ।

प्रहरी प्रधान कार्यालयले काज सरुवा र बढुवाका लागि चेन अफ कमाण्ड तोड्दै विभिन्न शक्ति केन्द्रबाट सिफारिस गर्न लगाउने कार्य संगठनको अनुशासन विपरीत भएको भन्दै यस्तो गर्ने गराउनेलाई कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ।

प्रहरी प्रधान कार्यालयले सातवटै प्रदेश कार्यालयकासहित सम्पूर्ण प्रहरी कार्यालयमा मंगलबार गरेको परिपत्रअनुसार प्रदेश प्रहरी कार्यालय र प्रदेश ट्राफिक कार्यालयबाट घर ठेगाना भएका स्थानमा प्रहरी कर्मचारीको काज गरिएकाले त्यो रद्द गर्नसमेत भनेको छ ।

परिपत्रमा प्रहरी कर्मचारीलाई काज खटाउने सम्बन्धमा नियमावलीको जानकारी दिने, काज छ महिना मात्र खटाउने, पुनः नवीकरण नगर्ने र उनीहरुलाई दरबन्दी कायम रहेको स्थानमा फिर्ता गर्ने व्यवस्था गरिएको उल्लेख छ ।

प्रहरी अधिकृतहरुले आफूमुनिका मकर्मचारीको गुनासो पीरमर्का विश्लेषण गरी आफ्नो क्षेत्राधिकार नपर्ने भए तत्काल समाधान गर्ने वा माथि लेखी पठाउनुपर्ने परिपत्रमा उल्लेख छ ।

त्यस्तै प्रदेश प्रहरी कार्यालयलाई प्रहरी कर्मचारीको काज सरुवा उसकै घर जिल्लामा गर्न रोक लगाइएको छ ।

एउटै कार्यालयमा लामो समय बसेका कर्मचारीलाई सरुवा भएको स्थानबाट पुनः त्यही स्थानमा काज सरुवा नगर्ने तथा प्रहरी कर्मचारीले विशेष गम्भीर स्वास्थ्य समस्या र अवकाश हुन लागेको समयमा बाहेक काज माग गर्न नपाउने पनि परिपत्रमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]