२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लुम्बिनी मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट २३ लाख संकलन

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९

ABC-SANCHAR
भैरहवा । गत आइतबारदेखि दानपेटिका खोली गणना सुरू गरिएकोमा २२ लाख ९७ हजार रुपैयाँ संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ।

विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले तीन दिनसम्म दैनिक ३० जनाको दरले ९० जनाले दान रकम गणना गरेको जानकारी दिए।

विगतका समयमा हरेक १५ दिनमा दानपेटिका खोलिने गरेकोमा यसपटक तीन महिनापछि मात्रै दानपेटिका खोलिएको हो।

कोभिड महामारीपछि लुम्बिनीमा विदेशी पर्यटक निकै कम आएकाले यसपटक दानपेटिकामा भेटी रकम कम उठेको कोषाध्यक्ष भट्टराईले बताए।

यसअघि चैत १८ गते गणना गर्दा ३७ लाख रकम संकलन भएको थियो।

भेटीबापत उठ्ने रकमबाट करारका कर्मचारीहरूलाई तलब र अन्य व्यवस्थापनको काम गर्दै आएको विकास कोषले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!