०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

लुम्बिनी मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट २३ लाख संकलन

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९

ABC-SANCHAR
भैरहवा । गत आइतबारदेखि दानपेटिका खोली गणना सुरू गरिएकोमा २२ लाख ९७ हजार रुपैयाँ संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ।

विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले तीन दिनसम्म दैनिक ३० जनाको दरले ९० जनाले दान रकम गणना गरेको जानकारी दिए।

विगतका समयमा हरेक १५ दिनमा दानपेटिका खोलिने गरेकोमा यसपटक तीन महिनापछि मात्रै दानपेटिका खोलिएको हो।

कोभिड महामारीपछि लुम्बिनीमा विदेशी पर्यटक निकै कम आएकाले यसपटक दानपेटिकामा भेटी रकम कम उठेको कोषाध्यक्ष भट्टराईले बताए।

यसअघि चैत १८ गते गणना गर्दा ३७ लाख रकम संकलन भएको थियो।

भेटीबापत उठ्ने रकमबाट करारका कर्मचारीहरूलाई तलब र अन्य व्यवस्थापनको काम गर्दै आएको विकास कोषले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनकपुरधामस्थित तिरहुतिया गाछीमा हुन लागेको परिवर्तन उद्घोष सभामा सहभागी भएको भिड। सहभागीहरु अधिकांश युवा पुस्ताका हुन्। कार्यक्रममा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह सहभागी हुँदैछन्।

काठमाडौँ । नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौरलाई पत्र लेख्दै सरुवाको विवरण अभिलेखमा जनाउन आग्रह गरेको छ। गृह मन्त्रालयको मिति २०८२ माघ ४ गतेको पत्रानुसार यो निर्णय कार्यान्वयनमा आएको हो। सरुवा भएका डीआईजीहरूको सूची र नयाँ कार्यक्षेत्रबारे […]

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचन आचारसंहिता लाग्नुअघि नै ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। प्रधान कार्यालयस्थित मानवश्रोत विकास विभागले एक सूचना जारी गर्दै ४८ जना एसपीको सरुवा गरेको हो। विभागले आवश्यकतानुसार सरुवा गर्नुपरेको जनाउँदै २०८२ साल माघ महिनादेखिकै तलब तथा भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी निर्णय गरेको […]

error: Content is protected !!