१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

घोराही बनाऔं अभियानद्वारा महोत्सवमा स्थानीय कलाकार र विद्यार्थीलाई उचित स्थान दिन माग,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, फाल्गुण २७, २०८२

दाङ । घोराही बनाऔं अभियानले बिहीबारदेखि घोराहीमा हुन लागि रहेको महोत्सवमा स्थानीय कलाकार, जिल्लाबाट बाहिर गएर स्थापित बनेका कलाकार एवं यहाँ विद्यालयका विद्यार्थीहरुलाई सांस्कृतिक कार्यक्रममा अनिवार्य सहभागि बनाउन माग गरेको छ । घोराही बनाऔं अभियानले आजदेखि घाराहीको झिंगौरा रतनपुरमा हुन लागि रहेको महोत्सवमा स्थानीय कलाकार र विद्यार्थीलाई अनिवार्य सहभागि बनाउन माग गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा, दाङलाई ज्ञापनपत्र बुझाएको हो । घरेलु महासंघले फागुन २८ गतेदेखि चैत्र १८ गतेसम्म घोराहीमा ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सव–२०८२’ को आयोजना गर्न लागि रहेको छ । घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले महासंघका निवर्तमान अध्यक्ष प्रदीप मजगैयालगायतको टोलीलाई ज्ञापनपत्र बुझाउनु भएको हो । प्रियासनले बुझाएको ज्ञापनपत्रको पूर्ण पाठ ः
विषय ः स्थानीय कलाकार र विद्यार्थीलाई अबसर दिने सम्बन्धमा ।
महोदय, नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङले यही २०८२ फागुण २८ गतेदेखि चैत्र १५ गतेसम्म घोराहीको झिंगौरामा ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सव–२०८२’ को आयोजना गर्न लागि रहेकोमा महोत्सवको सफलताको शुभकामना दिन चाहन्छौं । विभिन्न सञ्चार माध्यममा महोत्सव सम्बन्धी समाचारहरु पढ्दै गर्दा महोत्सवलाई समाजसँग जोड्नका लागि आयोजकले अबलम्बन गर्न खोजि रहेको सोँच पनि राम्रो छ । यति हुँदा हुँदै पनि महोत्सबलाई अझ राम्रो, सबैको बनाउन सार्थक प्रयास गर्नैपर्छ । यसै सन्दर्भमा महोत्सवमा स्थानीय, जिल्लाका कलाकारहरु, दाङमा जन्मिएर केन्द्रमा समेत प्रभावकारी भूमिका खेलिरहेका कलाकारहरुलाई उच्च प्राथमिकता दिन हामी जोडदार माग गर्दछौं । घोराही–दाङ बनाउने तपाई हामी सबै मिलेर हो । यस अर्थमा जिल्लाका प्रतिभाहरुलाई प्रोत्साहन गर्ने दायित्व पनि तपाई हाम्रो हो ।
साथै महोत्सवमा स्थानीय विद्यालय अनि विद्यार्थीहरुका लागि उपयोगी कार्यक्रमहरु गराउने प्रयास भैरहेकोमा पनि यहाँहरुलाई बधाई दिन चाहन्छौं । यसका साथै स्थानीय विद्यालयका विद्यार्थीहरुको प्रतिभा अनिवार्यरुपमा सांस्कृतिक कार्यक्रममा जिल्लास्थित प्याव्सनलगायतका शैक्षिक संघसंस्थाहरुसँग समन्वय गरी हरेक दिन विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने वातावरण निर्माणगरी उनीहरुलाई प्रोत्साहन गर्न समेत अनुरोध गर्दछौं । सबैको साथ सहयोग र सहभागिताले नै महोत्सवमा रौनक थपिनुका साथै अपनत्व समेत बढ्ने अनुरोध गर्दै महोत्सवको सफलताको कामना गर्दछौं ।

ज्ञापनपत्र बुझ्दै महासंघका टोलीले यस पटकको महोत्सवमा स्थानीय कलाकार अनि विद्यार्थीहरुले आफ्नो क्षमता भरपुररुपमा प्रदर्शन गर्न पाउने बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!