२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कैदी-बन्दीहरुलाई कारागारमै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन सुरु

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९


ABC-SANCHAR
काठमाडौं । जिल्ला कारागार बैतडीका केन्दीबन्दीको कारागारमै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गरेको परिपत्रअनुसार नै कारागारभित्रै कैदीबन्दीको विवरण सङ्कलन गरिएको हो ।

शुक्रबार गरिएको विवरण सङ्कलन कार्यमा कारागारमा रहेका १७ कैदीबन्दी र एक सुरक्षाकर्मीको परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको कम्प्युटर प्राविधिक बालकृष्णप्रसाद भट्टले जानकारी दिए । कारागारभित्र ८७ कैदीबन्दी रहेका भएपनि सबैसँग आवश्यक कागजात नरहेको तथा पहिला नै बनाएकाले १७ जनाको मात्रै विवरण सङ्कलन गरिएको जनाइएको छ ।

कैदीबन्दीलाई बाहिर ल्याउँदा सुरक्षा चुनौती हुने भएकोले कारागारभित्रै टोली गएर विवरण सङ्कलनको काम गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

बैतडीमा विसं २०७७ असोज पहिलो सातादेखि राष्ट्रिय परिचय पत्र विवरण सङ्कलनको काम शुरु भएकोमा हालसम्म ८३ हजार ३८३ जनाको विवरण सङ्कलन भइसकेको छ । सुरुमा जिल्ला प्रशासन कार्यालयमा विवरण सङ्कलनको काम भएको थियो भने हाल अभियानकै रुपमा वडास्तरमै उक्त कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!