२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रहरी हवलदारको उजुरी नलिनेे रोल्पा डिएसपीको अनुसन्धान गर्न प्रहरी टोलि पठाउदै डिआइजी : नल

Logo
प्रकाशित शनिबार, साउन ०७, २०७९

ABC (क्राईमबिट)
दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले रोल्पामा प्रहरी हवल्दार कुटिएको घटना अनुसन्धान गर्न छुट्टै प्रहरी अधिकारी खटाउने बताएका छन्।

घर बिदामा जान थालेका प्रहरी हवल्दार रामबहादुर बाँठालाई नेकपा माओवादी केन्द्रका कार्यकर्ता खिमबाबु राजा डिसीको समूहले साउन ३ गते बेलुका ७ बजेतिर बाटोमै आक्रमण गरेका थिए। आक्रमणपछि बाँठा घाइते भएका थिए।

रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ का प्रहरी हवल्दार बाँठालाई कुटपिटको विरूद्धमा पीडितले जाहेरी दिन खोजेपछि जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले माओवादी नेताहरूको दबाबमा आएर जबरजस्ती मिल्न आफूलाई पनि दबाब सिर्जना गरेको गुनासो गर्दै आएका छन्। त्यो घटना मैले नियालिरहेको छु,’ डिआइजी उपाध्यायले भने, ‘अब एक-दुई दिनभित्रै घटना अनुसन्धान गर्न बाहिरी जिल्लाका डिएसपी पठाउने तयारीमा छु।’

प्रहरी हवल्दारले भन्दा पनि जिल्ला प्रहरी प्रमुखका गतिविधि अनुसन्धान गर्न आफूले छिट्टै एक जना डिएसपी रोल्पा खटाउन लागेको डिआइजी उपाध्यायले बताए।

‘डिएसपी घिमिरेले मलाई त्यो हवल्दार नै फटाहा छ भन्ने कुरा भन्दै आउनुभएको छ,’ उपाध्यायले भने, ‘अर्कोतर्फ प्रहरी हवल्दारले आफूलाई जबर्जस्ती डिएसपीले मिल्न दबाब दिएको कुरा पनि मैले पढ्दै आएको छु।’आफूले छिट्टै एक जना डिएसपी खटाएर सुक्ष्म रूपमा रोल्पाका डिएसपीका गतिविधिबारे अनुसन्धान गर्न अधिकारी पठाउन लागेको उनले बताए।

शनिबार फेरि छलफल हुने

जिल्ला प्रहरी कार्यालय रोल्पामा दुवै पक्षलाई राखेर शनिबार बिहान ११ बजे फेरि छलफल हुने भएको छ।

प्रहरी हवल्दार बाँठाले पनि शनिबार पनि छलफलका लागि आफूहरूलाई बोलाइएको जानकारी दिए।

‘आज पनि डिएसपी साबले मिल्नु पर्छ भन्ने कुरा गर्नुभयो र मेरो जाहेरी दर्ता गर्नै मान्नु भएन,’ बाँठाले भने, ‘शनिबार पनि कुरा नमिले म न्यायsf लागि यही प्रतिक्षालयमा अनसन बस्ने छु।’

लिखित जोहरी दर्ता गर्न खोजे पनि भोलि भोलि भन्दै डिएसपी घिमिरेले चार दिनसम्म दर्ता गर्न नमानेको र जसरी पनि मिल्न दबाब दिँदै आएको प्रहरी हवल्दार बाँठाले बताउँदै आएका छन्।

‘मैले अनसनको तयारी गरिरहँदा आज एक पटक फेरि मलाई शनिबारको छलफलमा बस्नुपर्‍यो भन्ने आग्रह आएको छ,’ बाँठाले भने, ‘मैले न्यायबाहेक अरू केही खोजेको छैन।’

एउटा प्रहरी माथि भएको आक्रमणबारे न्याय माग्न जाँदा प्रहरी अधिकारीबाटै राजनीतिक दबाब आएको र आफूले सहयोग नपाएको बाँठाको गुनासो छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले भने आइतबार प्रहरी हवल्दार बाँठाको जाहेरी दर्ता हुने विश्वास दिलाए।

‘कुटपिटमा संलग्न भनिएका व्यक्तिहरूबाट पनि राजनीतिक अभद्र व्यवहारसम्बन्धी जाहेरी आएको छ,’ घिमिरेले भने, ‘दुवै पक्षको जाहेरी अध्ययन गरेर आइतबार दर्ता गरिने छ। सम्बन्धित समाचारः माओवादी कार्यकर्ताबाट कुटिएका हवल्दार भन्छन्- मलाई न्याय चाहिन्छ, जागिरको मतलब छैन ।
नारायण खड्काबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!