२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

बहादुरगन्ज प्रहरीको मिलोमतोमा तस्करी हुन लागेको राँगा र खसीबोका भन्सारद्वारा पक्राउ

Logo
प्रकाशित शनिबार, साउन ०७, २०७९


ABC (क्राईमबिट)
कपिलवस्तु । बहादुरगन्जका विभिन्न क्षेत्रबाट भन्सार कार्यालयले चोरी तस्करी गरी ल्याइँदै गरेका ८१ राँगा पाडा र ७० वटा खसीलाई नियन्त्रणमा लिएको छ ।

लामो समयदेखि भारतबाट नेपालतर्फ चोरी तस्करी हुने गरेको सूचनाको आधारमा शुक्रबार बिहान करिब २ बजे राँगा पाडा र खसीलाई नियन्त्रणमा लिइएको भन्सारका सूचना अधिकारी गजेन्द्र गौतमले बताए ।

उनका अनुसार राति अवैध तस्करी हुने गरेको सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरेर गस्ती गरिएको थियो ।

त्यसक्रममा अवैधरुपमा चोरी तस्करी गर्न लगिएका राँगा पाडा र खसीबोकालाई नियन्त्रणमा लिइएको गौतमले बताए । मालिक भने फरार छन् । थप अनुसन्धान भइरहेको गौतमले बताए ।

यता पटकपटक ईलाका प्रहरी कार्यालय बहादुरगन्जका इन्चार्ज आएको पनि एक बर्ष भएको छ स्थानीयहरुको अनुसार इन्चार्जको मिलोमतोमा तस्करीहरु संग लाइन मिले पछी खुलेआम खसी बोका भैंसी राङ्ग लगाएत रातभर तस्करी हुने गरेको एक स्थानीयले नाम न बताउने सर्तमा बताए । बहादुरगन्ज प्रहरीले छोडेको राँगा खसीबोकाहरु कृष्णनगर भन्सार कार्यालयले पक्राउ गरि नियन्त्रणमा लिएको थियो । जन-आस्थाबा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!