२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

नो पार्किङमा रहेको यातायात मन्त्री राईको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना कात्यो

Logo
प्रकाशित सोमबार, साउन ०९, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । ललितपुरको जाउलाखेलस्थित निषेधित क्षेत्रमा पार्किङ गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ।

बा २२ च २५८३ नम्बरको निजी गाडीलाई ‘नो पार्किङमा’ पार्क गरेको भन्दै जाउलाखेलस्थित ट्राफिक वृत्तले एक हजार रुपैयाँ जरिवाना लगाएको हो।

आज बिहान ट्राफिक प्रहरी जवान सुरेन्द्र सिंह धामीले मन्त्री राईको गाडीलाई जरिवाना लगाएका हुन्।

यो गाडीको प्रयोगकर्तामा ‘माननीय मोहम्मद इश्तियाक राई’ लेखिएको छ।

गाडीमा संघीय संसद सचिवालयले सांसद राईलाई संघीय संसद भवन प्रवेश गर्न दिएको पत्रसमेत टाँस गरिएको थियो।

उक्त गाडीमा मन्त्री राई भने भए वा नभएको खुलेको छैन। सवारी आवागमन बाधा पर्ने गरी पार्किङ गरिएको सवारीलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी मिरा चौधरीले अवैध रूपमा पार्किङमा रहेको गाडीलाई कारबाही गरिएको जानकारी दिइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]