२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नक्कली प्रमाण पेश गरेर जागिर खाएका डिएसपी रमेश सिंहलाई ८ महिना कैद

Logo
प्रकाशित बिहिबार, साउन १२, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश सिंहलाई ८ महिना कैद सजाय सुनाइएको छ। उमेर घटाएर नक्कली प्रमाण पत्र पेस गरी प्रहरीमा जागिर खाएपछि कीर्ते कागजात कसुरमा अदालतले कैद सजायसँगै १५ हजार रुपैयाँ जरिवाना पनि तोकेको छ।

सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडैल, बलभद्र बाँस्तोला र शालिग्राम कोइरालाको इजलासले दोषी ठहर गरेको हो।

विशेषा अदालतले उनले एसएसलीको चारित्रिक प्रमाण पत्र नक्कली बनाएर त्यसैको आधारमा नागरिकता बनाएको ठहर गरेको छ।

कीर्ते कागजात कुसुरमा सिंहलाई विशेष अदालतले दोषी ठहर गरेपनि सजाय सुनाएको थिएन।
सिंहले आफ्नो जन्म मिति २०३२ हुनुपर्नेमा २०३३ साल बनाएर नक्कली प्रमाणपत्र पेस गरी प्रहरी निरीक्षकमा भर्ना भएको अदालतको ठहर छ।

प्रहरी निरीक्षकमा भर्ना हु‍ँदा उमेर २५ वर्ष ननाघेको हुनुपर्नेमा उनको उमेर बढी भइसकेको पाइएको छ। उनले २०५८ मंसिरमा प्रहरी निरीक्षकमा भर्ना हुन आवेदन दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]