०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

एआईजी विश्वराज पोखरेलले अनिवार्य अवकाश १ जना एआईजी पद रिक्त कसले पाउला?

Logo
प्रकाशित शुक्रबार, साउन २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले आजदेखी अनिवार्य अवकाश पाएका छन् । प्रहरी नियमावलीमा विद्यमान एआईजीको ५६ वर्षे उमेरहदका कारण पोखरेलले अनिवार्य अवकाश पाएका हुन् ।

धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने नेपाल सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सरकारविरुद्ध मुद्दा लडेका एआईजी पोखरेलको राजिनामा पत्र नेपाल प्रहरी प्रधान कार्यालयमा करिब तीन सातादेखि दिनदेखि अलपत्र अवस्थामा थियो ।

गत बैशाख १९ गतेदेखि लामो बिदा बसेर सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका एआईजी पोखरेलको रिट निवेदनको अन्तिम सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासले गत असार ३१ गते रिट खारेज गरिदिएको थियो ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको नियुक्ति खारेज गरि आफुलाई आईजीपी नियुक्ति गराइपाउ भन्दै सर्वोच्चको शरणमा पुगेका एआईजी पोखरेलले रिट खारेजसंगै साउन २ गते नेपाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा राजिनामा पत्र बुझाएका थिए ।

चुनावको मुखमा लामो बिदा बसेर सरकारको निर्णयलाई चुनौती दिएपछि उनको राजिनामा स्वीकृत गर्न सरकारले खासै चासो दिएन । राजिनामा स्वीकृतिको प्रक्रिया अगाडी नबढेपछि एआईजी पोखरेल अन्ततः एआईजीको ५६ वर्षे उमेरहदका कारण आज (साउन २०) देखि अनिवार्य अवकाश पाएका छन् ।

पोखरेलले तीन साता अगाडि बुझाएको रजिनामा प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाबाट अगाडी बढेको थिएन । आफुले दिएको राजिनामा स्वीकृत नहुँदै उमेरहदका कारण अवकाश पाएका पोखरेललाई अब नेपाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले अवकाश पत्र दिनेछ ।

गत बैशाख १८ को मन्त्रिपरिषद् बैठकले तत्कालीन एआईजी धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले वरिष्ठता मिचेर आईजीपी नियुक्त गरेर आफूमाथि अन्याय गरेको भनी अदालतमा गएका पोखरेल अदालतमा मुद्दा हारेपछि राजिनामा बुझाएका थिए ।

एआईजी पोखरेलको अवकाशसंगै नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पद रिक्त भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

error: Content is protected !!