२५ माघ २०८१, शुक्रबार
07-02-2025 , Fri
×

एआइजी बिश्वराज पोखरेल झन्डै ३ महिना अफिस नगएर प्रहरीबाट अनिवार्य बिदा भए

Logo
प्रकाशित शुक्रबार, साउन २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल आजबाट अवकाश भएका छन्।

प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार ५६ वर्षे उमेर हदका कारण पोखरेलले शुक्रबारदेखि अवकाश पाएका हुन्।

अनिवार्य अवकाश पाउनुअघि गत साउन २ गते पोखरेलले पदबाट राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उनको राजीनामा स्वीकृतिको प्रक्रिया अघि बढाएका थिएनन्।

गत वैशाख १८ गते मन्त्रिपरिषद्ले सिंहलाई प्रहरीको नयाँ महानिरीक्षक बनाउने निर्णय गरेपछि पोखरेल असन्तुष्ट बनेका थिए। उनी पनि महानिरीक्षकका दाबेदार थिए। उक्त निर्णयपछि पोखरेलले तत्कालीन महानिरीक्षक शैलेस थापासँग एक महिनाको बिदा स्वीकृत गराएका थिए।

बिदा लिएर पोखरेलले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।

एक महिनाको बिदा सकिएपछि उनले बिदा थप्न निवेदन दिएका थिए तर आइजिपी सिंहले उनको बिदा स्वीकृत गरेका थिएनन्।

सर्वोच्चले असार ३१ गते पोखरेलको रिट खारेज गरिदिएको थियो। त्यसपछि उनले राजीनामा दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रेस काउन्सिल नेपालले झापाको ‘अमला काण्ड’ घटनालाई अतिरञ्जित प्रस्तुत गर्ने ३८ युट्युब च्यानललाई कारबाहीको दायरामा ल्याएको छ। काउन्सिलले यस्ता च्यानलहरूले सत्यतथ्य पुष्टि नगरी, पीडित र आरोपितका संवेदनशील तस्वीर र भिडियो सार्वजनिक गर्दै चरित्रहत्या गर्ने सामग्री प्रसारण गरेको जनाएको छ। च्यानलहरूले पत्रकार आचारसंहिता, महिला र जेष्ठ नागरिकका लागि निर्देशिका र गोपनीयता ऐन उल्लङ्घन गरेको […]

  काठमाडौं । नेपाल प्रहरीले सुदिन श्रेष्ठ समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गम बहादुर पौडेल भएको बैकिङ कसुर मुद्दामा फरार रहेका जि.चितवन, भरतपुर म.न.पा.वडा नं.०५ सुन्दरवस्ती घर भई हाल जि.ललितपुर, ललितपुर म.न.पा.वडा नं.१० धापाखेल बस्ने वर्ष ४४ को गम बहादुर पौडेललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।२१ गते जि.भक्तपुर, मध्यपुर ठिमी न.पा.वडा नं.०३ […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको रानीहलमा सम्पन्न कार्यक्रममा संचारकर्मीहरुद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयले आगामी दिनहरुमा चाल्नसक्ने पहल कदमीको सम्बन्धमा राय, सुझाब तथा सल्लाह व्यक्त गर्नु भएको थियो । अन्तर्क्रिया चरण पश्चात संचारकर्मीहरुद्वारा राखिएका जिज्ञासाको […]

error: Content is protected !!