२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

अमेरिकाको ह्वाइट हाउसमा चट्याङ लाग्दा ३ जना मृत्यु १ जना गम्भीर घाइते

Logo
प्रकाशित बुधबार, साउन २५, २०७९


(ABC-Sanchar)
काठमाडौं । वासिङ्टनमा राष्ट्रपति जो बाइडेनको निवास ह्वाइट हाउस बाहिर ४ अगस्ट २०२२ मा चट्याङ पर्यो । यसको चपेटामा चारजना व्यक्ति परे । ७६ वर्षीय जेम्स म्युलर र ७५ वर्षीया उनकी श्रीमती डोना म्युलरको घटनास्थलमा नै मृत्यु भयो । उनीहरु विस्कन्सिनबाट वासिङ्टन डीसीमा आफ्नो ५६ औँ वैवाहिक वर्षगाँठ मनाउन आएका थिए । चट्याङ पर्दा जेम्स र डोना ह्वाइट हाउस अगाडिको लफायेत पार्कमा बसिरहेका थिए ।
साथै, गम्भीर रुपमा घाइते भएका २९ वर्षका एक युवकको पनि मृत्यु भएको छ । उनको नाम हो ब्रुक्स ए. लेबर्स्टन । उनी लस एन्जलसका बासिन्दा थिए । ब्रुक्स सिटी नेशनल बैंकमा कार्यरत थिए । धेरैजसो वासिङ्टन गइरहन्थे । चट्याङ पर्दा घाइते भएकी चौथो व्यक्ति एक महिला हुन्, उनको अस्पतालमा उपचार चलिरहेको छ । अमेरिकामा चट्याङ पर्दा कसैको मृत्यु भयो भन्ने प्रश्न होइन । प्रश्न यो हो कि यहाँ चट्याङका घटनामा किन वृद्धि भइरहेको छ ?

प्रतिष्ठित जर्नल साइन्समा सन् २०१४ मा एक शोध प्रकाशित गरिएको थियो । उक्त जर्नलमा पछिललो एक शताब्दिमा चट्याङका घटनामा ५० प्रतिशत वृद्धि भएको बताइएको छ । वासिङ्टनमा जुन दिन यो घटना घटित भयो त्यस दिन त्यहाँ मौसम असाध्यै गर्मी र आद्रतापूर्ण थियो । पछिल्लो ३० वर्षमा औसत अधिकतम तापक्रम चार डिग्री सेल्सियस बढी थियो । अर्थात् ३० डिग्री सेल्सियसको साटो ३४ डिग्री सेल्सियस । यो तापक्रम र आद्रताले आकाशमा बिजुली पैदा गर्यो ।

अमेरिकाको सवालमा वैज्ञानिकले के आशंका गरेका छन् भने यहाँ हरेक एक डिग्री सेल्सियस तापक्रम बढ्दा १२ प्रतिशत बढी चट्याङ पर्नेछ । तीब्र रुपमा गर्मी भइरहेको अलास्कामा चट्याङका घटनामा १७ प्रतिशतको वृद्धि भएको छ । यस्ता घटना सन् १९८० पछि विशेष रुपमा बढेको छ । सुख्खा र गर्मी रहने क्यालिफोर्नियामा अगस्ट २०२० मा १४ हजार पटक चट्याङ परेको थियो । यसैका कारण त्यहाँ दुई वर्ष अघि भीषण डढेलो लागेको थियो ।

अमेरिका मात्रै होइन, ब्राजिललगायतका अन्य देशमा पनि चट्याङका घटनामा लगातार वृद्धि भइरहेको छ । चट्याङ पर्ने बित्तिकै कसैको मृत्यु भइ नै हाल्छ भन्ने छैन तर खतरा धेरै नै हुन्छ । सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार अमेरिकामा हरेक वर्ष ४ करोड पटक चट्याङ पर्छ । हाल १० लाख चट्याङमा १ जनाको मृत्यु हुने गरेको पाइएको छ । जसलाई चट्याङले हान्छ तीमध्ये ९० प्रतिशत बाँच्छन् । अमेरिकामा चट्याङ पर्दा सन् २००६ देखि २०२१ सम्म ४४४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा नै सबैभन्दा लामो चट्याङ परेको रेकर्ड दर्ता छ । यसले करिब अमेरिकाको एक हिस्साबाट अर्को हिस्सासम्म आफूलाई फैलाएको थियो । संयुक्त राष्ट्रको मौसम एजेन्सीले यसलाई विश्वको सबैभन्दा लामो चट्याङ बताएको थियो । यो ७६८ किलोमिटर लामो थियो । वैज्ञानिकले यसलाई मेगाफ्ल्यास नाम दिएको छ । यो सन् २०२० को अप्रिलमा परेको थियो । यो चट्याङलाई टेक्सासदेखि मिसिसिपीसम्म देखिएको थियो । वैज्ञानिकले यसलाई एक सेटलाइटमार्फत् रेकर्ड गरेको थियो ।

डब्ल्यूएमओका अनुसार ७६८ किलोमिटरको यात्रा विमानमार्फत् गर्ने हो भने पनि डेढ–दुई घण्टा लाग्छ । तर यहाँ चट्याङले यो दुरी केही सेकेन्डमा नै पूरा गरेको थियो । यसअघि सन् २०२० मा उरुग्वे र अर्जेन्टिना माथि मेगाफ्ल्यास परेको थियो । जुन करिब १७.१ सेकेन्डसम्म देखिएको थियो । राम्रो कुरा के हो कि दुबै मेगाफ्ल्यासले धर्तीलाई छोएको भने थिएन । नभए त ठूलै संकट आउन सक्थ्यो ।उरुग्वे र अर्जेन्टिनाभन्दा अघि अर्को चट्याङ परेको थियो जसले पूरा ब्राजिललाई बीचबाट आधामा बाँडिरहेको थियो । यो चट्याङ ७०९ किलोमिटरसम्म फैलिएको थियो । डब्ल्यूएमओका अनुसार दुई वर्ष अघि अर्जेन्टिनामा सबैभन्दा लामो समयसम्म चम्किने बिजुली दर्ता गरिएको थियो । यो १७.१ सेकेन्डसम्म चम्किरहेको थियो ।

डब्ल्यूएमओका विशेषज्ञ डाक्टर रेन्डेल सर्वेनीले भने, ‘एउटा चट्याङको यति लामो यात्रा र एउटा चट्याङ यत्तिका समयसम्म चम्किनु प्रकृतिको शक्तिलाई देखाउँछ । साथै यसले हामीलाई केही अनुसन्धान गर्न मौका पनि प्रदान गर्छ । हामीले थप उत्कृष्ट रेकर्ड दर्ता गर्नेछौँ । हाम्रा प्रविधि थप आधुनिक भइरहेका छन् । ’

सन् २०१६ मा अमेरिकाले पहिलो पटक विश्वभर चम्किने चट्याङको नक्सा तयार गरेको थियो । ताकि पूरा धर्तीको विषयमा अध्ययन गर्न सहज हुन सकोस् । त्यतिबेलादेखि डब्ल्यूएमओले चट्याङका दुईवटा रेकर्ड पुष्टि गरेर त्यसलाई सर्वसाधारणको जानकारीका लागि जारी गर्ने गर्छ ।

चट्याङ पर्नुका साथै यसबाट मृत्युवरण गरेकाहरुको पनि रेकर्ड डब्ल्यूएमओले राख्छ । सन् १९७५ मा जिम्बाब्वेमा २१ जनाको एउटै चट्याङका कारण मृत्यु भएको थियो । यस्तै, सन् १९९४ मा एउटा तेल ट्याङ्कीमा चट्याङ पर्दा ट्याङ्की फुटेको र त्यसबाट आएको बलिरहेको तेलको बाढी ड्रोन्का इलाकामा छिर्यो । यसमा ४६९ जनाको मृत्यु भयो ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!