२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

ऋषि धमला पत्नी एलिजा गौतमको उत्तेजक डान्सले टिकटकमा (भाइब्रेसन)

Logo
प्रकाशित सोमबार, भाद्र ०६, २०७९


(ABC-Sanchar)
काठमाडौं । नेपालमा सर्वाधिक ट्रोल हुने पात्रमध्येका एक हुन् पत्रकार ऋषि धमला । अन्तरवार्तामा उनको अस्वभाविक प्रस्तुति र हाउभाउका साथै अन्टसन्ट प्रश्नहरुका कारण उनी सँधै ट्रोलको शिकार बन्ने गर्छन् ।

धमलाका ट्रोलरहरुलाई अहिले नयाँ मसला मिलेको छ । यद्यपि, यो उनको आफ्नै हर्कतले गर्दा होइन । श्रीमती एलिजा गौतमले यस्तो मसला दिएकी हुन् । उनले एउटा पार्टीमा गरेको उत्तेजक डान्स अहिले टिकटकमा भाइरल छ । एलिजाको उक्त डान्सको क्लीप सेयर गर्दा सबैले निशाना चाहिँ ऋषि धमलालाई बनाएका छन् ।

भिडिअ‌ाे साडी चोलोमा सजिएका केही महिलाहरु पार्टीमा रमाइरहेको देखिन्छ । नाच्दानाच्दै धमलापत्नी अगाडि आउँछिन् ‘डगी’ पाेजमा चार हातखुट्टा टेकेर उत्तेजक भंगीमा देखाउँछिन् । ब्याकग्राउन्डमा कुनै हिन्दी गीतको म्युजिक बजिरहेको सुनिन्छ ।

छोटो फुटेज मात्रै सार्वजनिक भएकाले यो डान्स कहिले र कहाँ गरेको भन्ने खुलेको छैन । एलिजा अहिले क्यानाडामा छिन् । सम्भवतै क्यानाडामा नै तिजको अवसरमा आयोजित पार्टी हुन सक्छ । उनी आफैंले इन्टाग्राममा यो क्लीप सेयर गरेपछि भाइरल भएको हो ।

एलिजाले गर्न खोजेको यो डान्स स्टेपलाई ‘ट्वाेर्क’ भनिन्छ । यो भनेको कम्मरमुनिकाे भाग मात्रै हल्लाएर सेक्सी तरिकाले गरिने डान्स हो । तर, एलिजाले खासै पारा ल्याएकी छैनन् ।

पश्चिमा समाजमा प्रचलित यो डान्स स्टेप अहिले नेपालका डान्स पार्टीहरुमा पनि खुबै देखिन थालेको छ । अहिले तिज डान्समा धेरै महिलाहरु यो स्टेप गरिरहेका छन् । एलिजाले गरेपछि त टिकटकमा भाइरल नै भएको छ ।

एलिजालाई ग्ल्यामर फिल्डमा निकै रुची छ । उनलाई नायिका बनाउनका लागि श्रीमान ऋषिले ‘अनुराग’ चलचित्र निर्माण गरिदिएका थिए । तर, उक्त चलचित्रले दर्शक पाउन सकेन । त्यसपछि एलिजाले केही म्युजिक भिडियोमा काम गरेकी छन् । यद्यपि, उनले चाहेको सफलता मिलेको छैन । आफैंले पैसा हालेर म्युजिक भिडियो खेलेको आरोपसमेत लाग्छ । तर, जे भए पनि एलिजालाई चर्चाको भने कमि छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]